×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साई स्वागत सहकारीबारे अर्थ सरोकारको समाचारमा पूर्व उपाध्यक्ष निकिता पौडेलको खण्डन (खण्डनपत्रसहित)

PRIME CA

साई स्वागत सहकारीबारे अर्थ सरोकारको समाचारमा पूर्व उपाध्यक्ष निकिता पौडेलको खण्डन (खण्डनपत्रसहित)

२७ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साई स्वागत सहकारीमा काठमाडौँ महानगरमा छापा मारेको विषयमा आफ्नो नाम उल्लेख गरेकोमा आपत्ति जनाउँदै सो सहकारीकी पूर्व उपाध्यक्ष निकिता पौडेलले सो समाचारको खण्डन गरेकी छिन् । अर्थ सरोकारमा खण्डन पत्र पठाउँदै लामिछानेले सो समाचारको खण्डन गरेकी हुन् ।
खण्डनमा उनले आफु हाल सो सहकारीमा संलग्न नरहेको उल्लेख गरेकी छिन् भने सो सहकारीसँग कुनै पनि आर्थिक लेनदेन बाँकी नरहेको उल्लेख गरेकी छिन् ।
 
हेर्नुहोस् सो समाचारको खण्डन जस्ताको त्यस्तै :
अन्त्यमा, सम्बन्धित समाचारमा नीतिका लामिछानेको खण्डनउपर अर्थ सरोकारको भनाई :
१. देशमा लाखौँको संख्यामा सहकारी पीडीतहरु रहेको अवस्थामा  सहकारीका विषयमा चौतर्फी चासो भएकोले र महानगरले सो सहकारीमा छापा मारेको विषय पनि सार्वजनिक चासो भएकोले सो समाचार प्रकाशन गरिएको जानकारी गाराउँदछौँ ।
२. उपप्रधान तथा गृहमन्त्री सार्वजनिक व्यक्ति हो । उहाँका एकासगोलको परिवार जोडिएको विषय पनि सार्वजनिक चासोको विषय रहने भएकाले सो समाचारमा रवि लामिछानेको नाम र तस्विर उल्लेख गरिएको, सँगै, सो सहकारीमा नीतिका पौडेल पूर्व उपाध्यक्ष भएकाले र सो सहकारीमा काठमाडौँ महानगरपालिकाले छापा मारेको विषय पनि सार्वजनिक चासोको विषय भएकाले सो समाचार प्रकाशन गरिएको हो । यसमा सम्बन्धित नीतिका पौडेल लामिछाने, र गृहमन्त्री रवि लामिछानेप्रति कुनै पनि आग्रह, पूर्वाग्रह छैन र हुनुपर्ने कारण पनि छैन । अर्थ सरोकार डटकमले कसैसँग पनि आग्रह पूर्वाग्रह राख्दैन । सार्वजनिक चासोको विषय भएकाले चासो राख्ने नागरिकलाई काठमाडौँ महानगरपालिकाले सो सहकारीमा छापा मारेको विषय सुसुचित गराउने बाहेक हाम्रो कुनै पनि उदेश्य नरहेको स्पष्ट पार्न चाहान्छौँ ।
३. समाचार प्रकाशन भएपछि पनि हामी यस विषयमा निरन्तर फलोअपमै थियौँ । तत्काल काठमाडौँ महानगरपालिकाले निकिता पौडेलको नाममा सो सहकारीमा उहाँको संलग्नता नरहेको भन्ने पत्र पठाएको जानकारी आउनेबित्तिकै सो समाचारमा सो पत्र र यस विषयमा थप जानकारीसहित अपडेट गराइएकोसमेत स्पष्ट पार्न चाहान्छौँ । हाम्रो यो कामले पनि सो समाचार विशुद्ध चासो राख्नेहरुका लागि सुसुचित गराउने पत्रकारिताको सामान्य अभ्यास बाहेक केहि थिएन र होइन, भन्ने प्रष्ट पार्छ ।
४. कुनै पनि समाचारको विषयलाई लिएर सम्बन्धित पात्र / संस्थाले खण्डन गर्न पाउने अधिकारको अर्थ सरोकार डटकम सदैब सम्मान गर्दछ । सोहि अधिकारको सम्मान गर्दै हामीले प्रकाशित समाचारको तल, र छुट्टै शिर्षकमासमेत सो खण्डन प्रकाशन गरी हाम्रो फेसबुक लगायतका माध्यमबाटसमेत सेयर गरेको जनाकारी गराउँदछौँ ।
५. समाचारको विषयमा चित्त नबुझे नियामक निकाय प्रेस काउन्सिल नेपालमा आवश्यक कानुनी प्रक्रिया अगाडी बढाउने, समाचारको खण्डन गर्ने लगायतका प्रक्रिया छोडेर सुरुमै अदालत जानु, र सार्वजनिक चासो भएको विषयमा प्रकाशित  समाचारकै कारण  आफ्नो गाली बेइज्जती भयो भन्ने दाबी खारेजभागी छ । अर्थ सरोकार डटकम सदैब पूर्ण प्रेस स्वतन्त्रता, र जिम्मेवारीसहितको निष्पक्ष पत्रकारिताप्रति सदैब अडिग रहेकोसमेत स्पष्ट पार्न चाहान्छौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: