×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनियाँ बेचेरै वर्षको ८ लाख कमाई !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धनियाँ बेचेरै वर्षको ८ लाख कमाई !

Artha Sarokar

१६ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। धनिया बेचेर घोराही उपमहानगरपालिका-६ चोरगाउँका अमित चौधरीले एक वर्षमै आठ लाख रुपैयाँ आम्दानी गरेका छन् । उनले दुई कठ्ठा जमिनमा धनियाँ खेती गरेका छन् । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बार्है महिना खेती गर्ने गरेको उनले बताए ।
उनका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा धनियाँ खेती गर्थे । आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उनले बताए । दुई कठ्ठा खेतमा चार किलो धनियाको बीउ रु दुई हजार चार सयमा खरिद गरि खेती गरेको उनले बताए । त्यो धनियाँ बिक्री गरेर रु दुई लाख आम्दानी गरेको उनले बताए ।
बाह्रैमहिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए । सिजनमा रु पाँच मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा रु १० मुठाका दरमा बिक्री हुन्छ । धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनले बताए । धेरै उखेल्न सक्यो भने दैनिक रु तीन हजारदेखि रु तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताए । उखेल्न नसकेको समयमा रु एक हजारदेखि रु एक हजार पाँच सयसम्मको बिक्री हुने गरेको उनको भनाइ छ ।
धेरै मेहनत गर्नु नपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उनले बताए । ‘वैशाख, जेठ र असारमा धनियाँ रु १० प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ’, उनले भने। गत वर्ष यी तीन महिनामा रु दुई लाख आम्दानी गरेको उनले बताए । सरदर वर्षको रु आठ लाख धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनले बताए ।
‘धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ’, चौधरीले भने, ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ ।’
उनीसँग बार्है महिना धनियाँ हुने गरेको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँ खेती गर्ने गरेको चौधरीले बताएका थिए । ‘इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न  बुवाआमा र श्रीमतीको सहयोग रहेको छ’, उनले भने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी