×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Artha Sarokar

७ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९ सय  रुपैयाँले बढेर १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख २१ हजार ५ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २० हजार ९ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६ सय ३३ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी