Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र होटल भिगनेट होमबीच सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने सम्झौता

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक र होटल भिगनेट होमबीच सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र होटल भिगनेट होम, भक्तपुर दरबार क्षेत्रबीच बैंकका ग्राहकहरूलाई होटलबाट प्रदान गरिने सेवा तथा सुविधाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सो सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटलबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्ने बैंकको विश्वास छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK