काठमाडौँ । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका १४ लाख कित्ताले हुन आउने १४ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धका लागि नियुक्त गरेको छ ।
त्यस्तै, कम्पनीले चुक्ता पुँजी बढाउने र अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न जेठ १६ गते विशेष साधारणसभा आह्वान गरेको छ । सो सभा मकवानपुरको हेटौडामा हुनेछ ।