×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

Artha Sarokar

७ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय धनेश्वर साह, ३७ वर्षीय सिकेन्दर चौधरी र ४२ वर्षीय भविन्द्रनाथ तामाङ रहेका छन् ।

उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेका थिए । पक्राउ परेकामध्ये धनेश्वर साहले १४ जनालाई न्युजिल्याण्ड पठाईदिने भन्दै भारतको दिल्लीस्थित द्धारीकामाई मेट्रो स्टेसन पहाडगंजमा तीन महिना राखेको र दिल्ली पुगेपछि सबैको रकम उठाएर उनी फरार भएको प्रहरीले जनाएको छ । उनले न्युजिल्याण्ड जान प्रतिव्यक्ति १३ लाख रुपैयाँसम्म लिने गरेका थिए ।

त्यस्तै, सिकेन्दर चौधरीले पनि न्युजिल्याण्ड पठाईदिने भन्दै दुई जना व्यक्तिबाट एक लाख रुपैयाँ ठगी गरेका थिए । भविन्द्रनाथ तामाङले मौरिसस पठाईदिने भन्दै दुई लाख ७२ हजार रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी