×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकका तत्कालीन सिइओ अर्यालले लिएको ‘गैरकानुनी तलब जपथ, ‘ढंग नपुर्याउँदा’ सिटिजन्सको सञ्चालक पद पनि चैट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुमारी बैंकका तत्कालीन सिइओ अर्यालले लिएको ‘गैरकानुनी तलब जपथ, ‘ढंग नपुर्याउँदा’ सिटिजन्सको सञ्चालक पद पनि चैट

२१ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंकका तत्कालीन सीइओ रमेश राज अर्यालले लिएको गैरकानुनी तलब जफत भएको छ । नियामक नेपाल राष्ट्र बैंकले कुमारी बैंकको सिइओ पद छोड्दा भिआरएसका नाममा तत्कालीन सिइओ अर्यालले लिएको तलब गैरकानुनी भएको ठहर गर्दै सो तलब जपत गरेको हो ।  नियामक नेपाल राष्ट्र बैंकले जपत गरेको हो ।

नियामक राष्ट्र बैंकले अर्याललाई कारवाही गरेको पुष्टि गरेको छ । राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्थालाई गरिएको कारवाही विवरणमा कुमारी बैंकका सीईओलाई राष्ट्र बैंकबाट जारी ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलव भत्ता तथा अन्य ‘सुविधा सम्बन्धी मार्गदर्शन’को व्यवस्था प्रतिकुल हुनेगरि तत्कालीन सीईओलाई काम नै नगरी १३ महिना १६ दिनको पारिश्रमिक भनी दिइएको २ करोड ३ लाख रुपैयाँ असुल उपर गर्न निर्देशन दिएकोमा सो रकम असुलउपर भएको भनिएको छ ।

साथै, अर्याललाई गैरकानुनी तलब सुविधा दिने बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसहित) को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएकोसमेत खुलासा गरेको छ ।

तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक र कुमारी बैंक मर्जरमा गई कुमारी बैंक भएपछि बैंकको सिइओ बनेका अर्यालले केही समयपछि बैंक छोडेका थिए । अर्यालले बैंक छोड्ने बेलामा बैंकले प्रक्रियागत रुपमा कुनै पनि खालको ल्याएको स्वेक्षिक अवकास योजना ल्याएको थिएन । तर अर्यालले स्वेक्षिक अवकासका रुपमा १३ महिना १६ दिनको तलब आए बैंक छोड्न आफू तयार भएको बताएपछि बैंकको सञ्चालक समितिले उनलाई भिआरएसका नाममा सो रकम दिने निर्णय गरेको थियो । लगत्तै सीइओलाई दिईएको सो रकम गैरकानुनी भएको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो । उजुरीउपर छानविन गर्दा कुमारी बैंकले अर्याललाई दिएको तलब सुविधाको औचित्य पुष्टि गर्न बैंकले नसकेपछि राष्ट्र बैंकले कुमारीलाई कारवाही गरेको हो ।

यता, अर्यालले भिआरएसका रुपमा सोही रकम लिएकै कारण सिटिजन्स बैंकको तत्कालीन सञ्चालक पदबाट समेत राजिनामा दिनु परेको थियो । मर्जरमा गएको संस्थाको सीईओलाई कुलिङ नलाग्ने भन्दै सिटिजन्स बैंकको सञ्चालक पदमा बस्न गएका अर्याल विरुद्ध उनले भिआरएस लिएर जागिर छोडेकाले उनलाई कुलिङ लाग्नुपर्ने भन्दै राष्ट्र बैंकमा उजुरी परेको थियो । पछि राष्ट्र बैंकले उनको सिटिजन्स बैंकको सञ्चालक पदसमेत गैरकानुनी हुने बताएपछि उनले सो पद पनि छोडेका थिए ।

तत्कालीन एनसीसी बैंकको सिइओ रहेका अर्यालले मर्जर अगावै बैंक छोडेको भए भिआरएस अन्तर्गत मोटो रकम पनि पाउने थिए भने सञ्चालक वा सिइओको रुपमा अन्य बैंकमा पनि जान पाउने थिए । तर मर्जर पछाडीको कुमारी बैंकमा सिइओ भएरै छोड्नेगरी अघि बढेका अर्यालले त्यसपछि न बैंक लामो समय चलाउन सके, न बैंक छोडेपछि अन्य बैंकको सञ्चालक नै हुन पाए । बरु, उल्टै पाएको रकम राष्ट्र बैंकले जफत गरिदियो भने लामो बैंकिङ करियरमा खासै ठुलो दाग नलागेका अर्याल करियरको उत्तरार्द्धमा आफ्नो करियरमा ठुलै दाग लगाएर तत्कालका लागि बैंकिङबाट बिदा हुनुपरेको छ ।

यता राष्ट्र बैंकले कुमारी बैंकलाई राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९, कर्जा सापटको वर्गीकरण नियमानुसार नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ विपरीत ब्याज अनुदान दिएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसहित) को दफा १०० उपदफा २ को खण्ड (क) अनुसार सचेतसमेत गरेका छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: