×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो अस्पतालबीच सेवामा १० प्रतिशतसम्म छुट दिने सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो अस्पतालबीच सेवामा १० प्रतिशतसम्म छुट दिने सम्झौता

Artha Sarokar

७ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच जेठ ६ गते ग्राहकलाई सेवामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

सो सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अभिषेक दुगरले हस्ताक्षर गरेका हुन् ।

बैंकका ग्राहकहरूलाई अपोलो हस्पिटलले आफ्नो सेवामा १० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

अपोलो मेन हस्पिटल चेन्नाई, अपोलो क्यानस इन्स्टिच्युट चेन्नाई, हैदराबाद, बंग्लोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका सञ्जालहरूमा समेत यो सेवा उपलब्ध गराइने भनिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी