काठमाडौँ । धरानका कृषक व्यावसायिक बेसार खेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बेसार खेतीमा लागेका धरान उपमहानगरपालिका २० विष्णुपादुकाका तुलसिङ राईले बेसार खेतीबाट राम्रै आम्दानी गरिरहेका छन् । उनले २०४५ सालदेखि बेसारको खेती गर्दै आएका हुन् ।
गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उनी सुनाउँछन्। उनले वर्षमा चारदेखि पाँच क्विन्टलसम्म बेसार उत्पादन गर्दै आएका छन् । जसबाट वार्षिक रु २ लाखदेखि ३ लाखसम्म आम्दानी हुने गरेको छ । अहिले बजारमा बेसार खुद्रा मूल्य प्रतिकेजी रु २ सय ८० देखि तीन समयसम्ममा बिक्री हुने गरेको छ ।
त्यस्तै, बेसार उत्पादक तुलसिङले भने, ‘मैले चार कठ्ठा जग्गामा बेसार खेती गरेको छु, तीन-चार पटक गोडमेल गर्नुपर्छ, मेहनतअनुसारको आम्दानी पाएकाले खुसी छु ।’ यहाँ उत्पादित बेसार धरान १७ को मङ्गलबारे बजार, धरान कृषि बजारदेखि पोखरा, काठमाडौँ, लहान तथा छिमेकी मुलुक भारतलगायतका ठाउँहरुमा जाने गरेको छ । व्यावसायिक रूपमा बेसार खेती गर्दै आएका अर्का किसान धरान उपमहानगरपालिका २० का तिलक राई मौसमले साथ दिएको अवस्थामा बेसार खेतीबाट राम्रै आम्दानी हुने गरेको बताएका छन् ।
‘चार पाँचकठ्ठा जमिनमा बेसार खेती गर्दै आएको छु, वार्षिक चार क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने गरेको छ, यसबाट रु तीन लाखभन्दा बढी आम्दानी हुन्छ’, उनले भने । धरानको विष्णुपादुकामा यस क्षेत्रमै सबैभन्दा धेरै बेसार खेती हुन्छ । ४१ वर्षदेखि बेसार खेती गर्दै आएका राईले भने, ‘बेसार उत्पादन गर्दा मेहनत धेरै लाग्छ, हलोले जोत्न मिल्दैन, आफैँले कुटो, कोदालो लगाएर खन्नुपर्ने हुन्छ । पहाड जस्तो ठाउँमा गिटी, ढुङ्गा र बालुवा मात्र हुन्छ, खन्न निकै साह्रो हुन्छ, तर मेहनतअनुसार मूल्य राम्रै भएकाले दु:ख बिर्सन्छु, खुसी हुन्छु ।’
सोही ठाउँका अर्का किसान पदम राईले पनि बेसार खेती गरिरहेका छन् । यस क्षेत्रका उहाँ पुराना किसान हुनुहुन्छ । उहाँ पनि वार्षिक रु तीनदेखि चार लाख यसै खेतीबाट आम्दानी गर्न सफल हुनुभएको छ । बढीमा १० क्विन्टल बेसार उत्पादन गरेर उपभोक्ताको घरसम्म बेसार पु¥याउने काम सजिलो छैन, यो मेरो पुर्खौली खेती हो, उनको प्रतिक्रिया छ । विष्णुपादुकामा उत्पादित बेसार बजारीकरणका लागि धरानको कृषि बजारलाई दिएको र त्यहाँबाट भारतसम्म निर्यात हुने गरेको धरान उपमहानगरपालिका २० का वडाध्यक्ष पदम लिम्बुको भनाइ छ ।
अध्यक्ष लिम्बुका अनुसार हाल विष्णुपादुकामा बेसार खेती गर्ने दुई सयको हाराहारीमा किसान छन् । उनीहरुले गर्ने बेसार, अदुवाखेतीमा किरा लाग्ने, कुहिने समस्या देखापर्न थालेपछि त्यसको समस्या समाधानका लागि कृषि विज्ञको सल्लाह अनुसारको कीरा र रोग नियन्त्रण गर्ने औषधि किसानलाई प्रदान गरिँदै आएको जानकारी दिएका छन् । विष्णुपादुकाबाट धरान बजार पुग्न केही समय लाग्ने भएकाले विष्णुपादुका नजिकै रहेको बजार भञ्ज्याङ भन्ने ठाउँमा बजारको व्यवस्था गरेर किसानको सहजताका लागि छिट्टै सुरु गरिने वडा अध्यक्ष लिम्बुको भनाइ छ ।
यस्तै, विगतको तुलनामा चालु आर्थिक वर्षमा बेसारको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताएका छन् । उनले भने, ‘विशेषगरी बेसार धरान उपमहानगरपालिका २० बाट धेरै आउने गरेको छ भने पहाडी जिल्ला तेह्रथुम, पाँचथर, खोटाङ, धनकुटा लगायतबाट पनि बेसार बोकेर किसान आउने गरेका छन् । बेसार चैत, वैशाखमा सिजन हुने भएकाले त्यो समयमा धेरै आउने र यही सिजनमा वार्षिक दुई हजार चार सय मेट्रिकटनसम्म बेसार बिक्री हुने गरेको तथ्याङ्क छ ।’
विसं २०८० असार मसान्तदेखि गत जेठ सम्ममा धरान उपमहानगरपालिका १३ कृषि बजारबाट जम्मा रु ४५ करोडको बेसार बिक्री भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताउँदै यसको निर्यातमा सरकारको सहयोगको आवश्यकता रहेको जानेका छन् ।पछिल्लो समयमा बेसार भान्सामा मात्र सीमित नरहेर सौन्दर्यकरण, बिहेमा हल्दी लगाई कार्यक्रममा पनि खपत भइरहेको पाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्