काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)को घर अगाडि फोहोर थुपार्न भनेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले कवाडी व्यवसायीले शान्तिपूर्ण आन्दोलन गर्दागर्दै पनि महानगरले कवाडी व्यवसायीमाथि लाठी चार्ज गरेर व्यवसायीलाई घाइते बताएको भन्दै सांसद सिंहले काम नभए काठमाडौँ महानगर र बालेन शाहको घर अगाडि लगेर फोहोर थुपार्न भनेको हुन् ।
‘बालेनजि, यहीँको मेयरले सिकाएको छ, काम भएन भने त्यही फोहोर थुपार्ने हो । उहाँले नै सडक विभागको अगाडि फोहोर थुपारेको छ ।’, सांसद सिंहले भने, ‘तमाम कवाडी व्यवसायीलाई आग्रह गर्न चाहन्छु, सबै फोहोर महानगर र बालेन शाहको घरको अगाडि थुपारौँ । त्यसको लागि हामी साथमा छौँ ।’
सरकारले काम नगरेको भन्दै सडक विभागको गेट अगाडि फोहोर थुपारेको प्रसङ्ग निकाल्दै सांसद सिंहले महानगरले काम नगरे र अदालतको निर्णय पनि नमाने महानगरको र मेयर शाहको गेट अगाडि लगेर फोहोर थुपार्नुपर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्