×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीएसआरको बजेटमा चकलेट खुवाएको प्रकरणमा सिटिजन्स बैंकलाई राष्ट्र बैंकको प्रश्न, ‘शीर्षक मिलाएर’ मिलाइयो ‘काण्ड’ ! 

GLOBAL IME BANK

सीएसआरको बजेटमा चकलेट खुवाएको प्रकरणमा सिटिजन्स बैंकलाई राष्ट्र बैंकको प्रश्न, ‘शीर्षक मिलाएर’ मिलाइयो ‘काण्ड’ ! 

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सामाजिक उत्तरदायित्व (सीएसआर)को बजेटमा आफ्ना कर्मचारीलाई चकलेट खुवाउने सिटिजन्स बैंकलाई यस विषयमा राष्ट्र बैंकले प्रश्न उठाएको छ । सीएसआरको बजेट दुरुपयोग गरेर कर्मचारीहरुलाई बैंकले चकलेट खुवाएको तथ्य अर्थ सरोकारले खुलासा गरेपछि इन्सपेक्सनका क्रममा राष्ट्र बैंकले बैंकलाई यस विषयमा प्रश्न उठाएको हो ।

केही समय अगाडि बैंकले तीजको अवसरमा आफ्ना महिला कर्मचारीहरुलाई चकलेटसहितको एक झोला उपहार दिएको थियो । तर सो कामका लागि बजेट नभएपछि सीएसआरको रकम दुरुपयोग गरिएको थियो । सीएसआरबाट सो काम भएको तथ्य अर्थ सरोकारले खुलासा गरेपछि भएको इन्सपेक्सनको क्रममा राष्ट्र बैंकले यस विषयमा प्रश्न उठाएको थियो ।

‘सीएसआरको रकमले चकलेट खुवाएपछि राष्ट्र बैंकले यस विषयमा चासो दिएको थियो । राष्ट्र बैंकले इन्स्पेक्सनका क्रममा टिप्पणी गर्ने भएपछि बैंकले शीर्षक मिलाएर यो प्रकरण सामसुम पारेको थियो ।’ बैंककी एक कर्मचारीले अर्थ सरोकारसँग भनिन्, ‘सो समाचार सार्वजनिक भएपछि अरु बैंकका कर्मचारीले ‘कस्तो चकलेटी देखिएको’ भनेर हाम्रा धेरै महिला साथीहरूलाई जिस्काउने कामसमेत गरेका थिए । यही गुनासो राष्ट्र बैंकसम्म पुगेपछि राष्ट्र बैंकले इन्स्पेक्सनका क्रममा यस विषयमा प्रश्न उठाएको हो ।’

राष्ट्र बैंकले इन्स्पेक्सनका क्रममा यस विषयमा प्रश्न उठाएपछि बैंकले भने गोलमटोल जवाफ दिएका थिए । बैंकका एक अधिकारीका अनुसार कर्पोरेट कम्युनिकेसनमा काम गर्ने एक कर्मचारीले गरेको गल्तीले खर्चको शीर्षक गलत भएको जवाफ दिएर सो घटना मिलाइएको थियो ।

सो घटना सार्वजनिक भएपछि भएको इन्सफेक्सनमा बैंकका अन्य सीएसआर इभेन्टका विषयमा पनि राष्ट्र बैंकले चासो देखाएको बैंकका अधिकारीहरूको भनाई छ ।

‘योग्यता नपुगेकालाई सञ्चालक बनाएकोदेखि राष्ट्र बैंकका विभिन्न सर्कुलरहरुको अटेरी गरेको विषयमा राष्ट्र बैंकको विशेष चासो थियो ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘बचतकर्ताको गुनासोदेखि ऋणका फाइल सम्ममा पनि राष्ट्र बैंकले विशेष चासो राखेको थियो । विज्ञापन नै नराखी आफ्नो पक्षमा समाचार लेख्न लगाएर मिडियालाई भुक्तानी गरेको विषयमा पनि राष्ट्र बैंकले चासो राखेको थियो । यसैबीच सीएसआरको रकम दुरुपयोग गरेर कर्मचारीलाई चकलेट खुवाएको विषय पनि उठेको थियो ।’  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: