Skip to content
LAXMI SUNRISE BANK

आज बकर इदः देशभर सार्वजनिक बिदा, सेयर बजार नखुल्ने 

अर्थ सरोकार

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरुको बकर इद (इदुल जोहा) पर्व आज देशभरका मस्जिदमा मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरुको दोश्रो ठूलो महान चाड हो । सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । 

बकर इदमा मुस्लिम धर्मावलम्बीहरुले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्, नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । 

सोमबार काठमाडौंको जामे मस्जिद, काश्मिरी मस्जिद लगायत मस्जिदमा मानिसहरु भेला भएर यो पर्व मनाउँदैछन् । हिजरी संवत् १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवाहरु बताउँछन् । मुस्लिम समुदायले सोमबारदेखि तीन दिनसम्म यो पर्व मनाउने छ । 

बकर इदकै अवसरमा सरकारले सोमबार (आज) देशभर सार्वजनिक बिदा दिएको छ । योसँगै आज देशभर सरकारी कार्यालय, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था, विद्यालय तथा सेयर बजार बन्द रहनेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK