×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा, आफ्नै च्वाइसमा मोबाइल नम्बर लिन पाइने

GLOBAL IME BANK

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा, आफ्नै च्वाइसमा मोबाइल नम्बर लिन पाइने

५ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको इच्छालाई मध्यनजर गर्दै एनसेलले सो योजना सञ्चालनमा ल्याएको हो। 

अब, ग्राहकहरूले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अङ्क रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सक्नेछन् । यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरु हुने कम्पनीले जनाएको छ । 

सधैँ अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अङ्क आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्नेछन् । ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अङ्क उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्नेछन् ।

‘मोबाइल नम्बर हाम्रो पहिचान बनि सकेको छ,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘आफूलाई जीवनभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं ।’ ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्नेगरी परिवारजन र साथीभाइलाई पनि यस्तो नम्बर रोजि दिन सक्ने उनले बताए ।

एनसेलका अनुसार ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध छन् । एनसेलले फस्ट कम, फस्ट सर्भका आधारमा उपलब्ध नम्बरहरू वितरण गर्ने जनाएको छ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैँ अन’ प्लान अन्तर्गत ५९९ रुपैयाँदेखि १,४९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ ।

सधैँ अन योजनाका प्लानहरु अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । ८१२३३ डायल गरेर ‘सधैँ अन’ प्लानहरू सुचारु गर्न सकिन्छ ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन् । काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ । बुकिङ गराएको नम्बर ७ दिन भित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सूचीबाट स्वत हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्नेछन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: