Skip to content
LAXMI SUNRISE BANK

आइतबार १४.८३ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २० कम्पनीको ९१ लाख ७८ हजार ८ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६० करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ८८ लाख ७४ हजार १ सय ५४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसैगरी आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK