Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय रूपेश राज गिरी, ४५ वर्षीय राजु ढकाल र २२ वर्षीय युवराज ठाकुर रहेका छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये रुपेश राज  गिरीले रोमानिया पठाईदिने भन्दै ८ लाख रुपैयाँ, राजु ढकालले दुबई पठाईदिने भन्दै दुई लाख ५० हजार रुपैयाँ र युवराज ठाकुरले पोल्याण्ड पठाईदिने भन्दै ८ लाख रुपैयाँ ठगी गरेका थिए ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा परेर उनीहरुले रकम ठगी गरेको प्रहरीले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK