काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले आगामी आर्थिक वर्षको बजेट पदको दुरुपयोग नगरी विनियोजन गरेको बताएका हुन् ।
उनले रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरी सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरेका छन् । ‘बजेट हामीले सकेजति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन, पदको सदुपयोग गरिएको छ ।’, उनले भने, ‘आवश्यकताअनुसार सकेको गरिएको छ ।’
त्यस्तै, गृहमन्त्री लामिछानेले आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताएका छन् । साथै उनले बजेट पास भइसकेपछि आफ्नो निर्वाचन क्षेत्रमा गएर नागरिकहरूसँग अन्तरक्रिया पनि गर्ने बताएका छन् । साथै उनले बजेट विनियोजनमा समस्या नभएर बजेट निर्माणको प्रणालीमा नै समस्या रहेको उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्