काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो प्याजको मूल्य बढेको छ । हरियो प्याजको मूल्य ३० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ११० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा ३० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) १६ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला हाइब्रिड २५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४५, तने बोडी ७०, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ५०, हाइब्रिड घ्यु सिमी ५०, राजमा १२०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ४०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) २५, हरियो फर्सी (डल्लो) २५, भिण्डी ३०, पिंडालू ९०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ११०, कन्य च्याउ १४०, डल्ले च्याउ २५०, कुरिलो २००, न्युरो ६५, चुकन्दर ५०, सजीवन १२०, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २८०, अदुवा २५०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ३०, भेडे खुर्सानी ४०, हरियो लसुन ६०, हरियो धनिया २००, चाइनिज सुकेको लसुन २३०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ९०, तरबुजा (हरियो) ४०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, रुख कटहर ३०, भारतीय मेवा ८०, लिच्ची (लोकल) ८०, लिच्ची भारतीय २२०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्