काठमाडौँ । विश्व किसान संगठन (डब्लुएफओ)को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित भएका छन् । एफएओको मुख्यालय इटालीको रोममा भएको विश्वभरका किसानहरूको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ)को सञ्चालकमा पाठक निर्वाचित भएका हुन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष समेत रहनुभएका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका छन् । पाठक सहित विश्व किसान संगठन डब्लुएफओको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका हुन् । विश्वभरका सक्रिय किसान संघ सङ्गठनहरूको छाता सङ्गठनका रुपमा रहेको विश्व किसान सङ्गठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् ।
त्यस्तै, किसान र कृषि क्षेत्रको रूपान्तरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ । गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधार सहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय खेम बहादुर पाठक इटालीको रोममा भएको विश्व किसान संगठन डब्लुएफओको महासभा २०२४ को सदस्य सङ्गठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।
यसैगरी डब्लुएफओकोको महासभाको निर्वाचनको यो परिणामले नेपालको सहकारी अभियान, साना किसान विकास अभियान परिवार, सरोकारवालाहरू, किसानहरु, सहकारी अभियन्ता, तथा सम्पूर्ण नेपालीहरूलाई अत्यन्तै हर्षित र गौरवान्वित बनाएको छ । धादिङ जिल्लाको विकट गाउँबाट निरन्तर सहकारी अभियानमा संलग्न पाठक विभिन्न जिम्मेवारीमा रहँदै अहिले कृषि क्षेत्रको विश्व संघसंगठन खेम बहादुर पाठक, गाउँ, गाविस, साना किसान विकास आयोजना, साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष, जिल्ला संघ, हुँदै साना किसान विकास बैंकको सञ्चालक समितिको सदस्य, नेपाल कृषि सहकारी केन्द्रिय संघको अध्यक्ष, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्ष, राष्ट्रिय सहकारी महासङ्घको उपाध्यक्षको भूमिकामा रहँदै आएका छन् ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था र सम्पूर्ण साना किसान अभियानलाई सशस्त्र द्धन्दकाल, राजनीतिक अस्थिरता तथा विभिन्न कठिन अवस्थाबाट जोगाउँदै आज यो अवस्थामा ल्याउन पाठकको महत्वपूर्ण योगदान रहेको छ । विश्वभरका सबै विशिष्ट प्रतिनिधिहरूको विश्वासले विश्व किसान संगठन ९डब्लुएफओ० को सञ्चालक समितिको सदस्यको रुपमा खेम बहादुर पाठकको कार्यकाल विश्वभरिका सम्पूर्ण किसानहरूको हित र स्वर्णीम भविष्य निर्माणका लागि महत्वपूर्ण रहने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्