×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हरिशयनी एकादशीः बुढानिलकण्ठमा भीड… (फोटो-कथा)

GLOBAL IME BANK

हरिशयनी एकादशीः बुढानिलकण्ठमा भीड… (फोटो-कथा)

२ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आज बुधबारदेखि सुरू भएको छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने गरिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

भगवान विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । सोही अवसरमा आज राजधानीको बुढानिलकण्ठ मन्दिरमा पूजाआजाका लागि श्रद्धालुहरूको भीड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: