×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार डलरको मूल्य बढ्यो, अन्य मुद्राको भाउ कति ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार डलरको मूल्य बढ्यो, अन्य मुद्राको भाउ कति ? 

Artha Sarokar

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार बिहीबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८० पैसा र बिक्री दर १७१ रुपैयाँ ५७ पैसा पुगेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी