काठमाडौँ । सङ्घीय सरकारबाट प्राप्त जुम्लाको पुँजीगत खर्च ७८.९६ प्रतिशत भएको छ । सङ्घबाट पुँजीगततर्फ ६ अर्ब ८२ करोड ५९ लाख विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंसराज शाहीले जनाएका छन् ।
सङ्घीय सरकारले चालु खर्चका लागि रु पाँच अर्ब २२ करोड पाँच लाख विनियोजन गरेकोमध्ये ९२.७८ प्रतिशत खर्च भएको छ ।
विनियोजित कूल बजेटको जम्मा ८८.७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख शाहीको भनाइ छ । असार भित्रमात्र जिल्लाको पुँजीगत खर्च ४१.४१ प्रतिशत भएको छ ।
त्यस्तै, असारमा चालु खर्च १३.१३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका सरकारी कार्यालयले बजेट कार्यान्वयनमा सुधार गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्