काठमाडौँ । सरकारको आम्दानीभन्दा खर्च बढि देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ सकिन लाग्दा सरकारको आम्दानीभन्दा खर्च ३ खर्ब बढि देखिएको हो ।
सरकारी खर्च म्यानेज गर्न ऋणमाथि ऋण लिइरहेको सरकारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसक्दा आम्दानीभन्दा खर्च बढि देखिएको छ । यही कारण चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म सरकारी खाता ऋणात्मक भएको छ ।
यसो त सरकारले हालसम्म विदेशी अनुदान र अन्य आम्दानीमार्फत कुल ९ खर्ब ९४ अर्ब रुपैयाँ सरकारी खातामा जम्मा गरेको छ । तर, सोही अवधिमा सरकारले कुल १२ खर्ब ९८ अर्ब रुपैयाँ खर्च गरेको छ ।
सरकारले गर्ने खर्च र लिने ऋणमध्येको ठूलो रकम कर्मचारीको तलबभत्ता तथा सुविधामा खर्च हुने गरेको छ । चालु आर्थिक वर्षको जेठसम्ममा सरकारले आन्तरिक ऋण मात्रै ३ खर्ब ७ अर्ब रुपैयाँ उठाएको छ भने ८२ अर्ब रुपैयाँ बाह्य ऋण उठाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्