काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन मागेको छ । पुष २६ गते (शुक्रबार) एक सूचना जारी गर्दै अर्थ मन्त्रालयले रिक्त रहेको बीमा प्राधिकरणको अध्यक्षका पदका लागि आवेदन मागेको हो ।
अध्यक्षको पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट हुने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो पटक सूचना सार्वजनिक गर्दै आगामी १५ दिनभित्र अध्यक्षका लागि आवेदन दिन आह्वान गरेको छ ।
आवेदन दिने व्यक्ति बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
बीमा प्राधिकरणको अध्यक्षका लागि अर्थ मन्त्रालयले आवेदन माग गरेसँगै सो पदका लागि ३५ करोड रुपैयाँ चाहिने भन्दै केही दलालहरु सक्रिय भएको चर्चासमेत सुरु भएको छ ।
तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि हाल अध्यक्ष पद रिक्त छ । हाल बीमा प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी सहसचिव मदन दाहालले सम्हालिरहेका छन् । यस्तो छ सूचना:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्