×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर नेपाल आउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर नेपाल आउँदै

Artha Sarokar

८ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपालको भ्रमणमा आउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए  ।  सोही निमन्त्रणमा उनी  दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।  

मन्त्री खड्कासँगै भारतीय मन्त्री खट्टरले मङ्गलबार सङ्खुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन तथा २२०/१३३/३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । उनले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह र बाँध क्षेत्रको अवलोकन गर्नै प्रवक्ता देवले बताए । 

मङ्गलबार नै नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने छ । दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा दुवै मन्त्रीले हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

यही वैशाख १० गते भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको प्रवक्ता देवले जानकारी दिए । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी