काठमाडौँ । बैंकिङ क्षेत्रको तीव्र प्रतिस्पर्धा, प्रविधिको बढ्दो प्रयोग र ग्राहकको बदलिँदो आवश्यकताबीच संस्थागत नेतृत्व, प्रभावकारी कार्यसम्पादन तथा क्षेत्रीय समन्वयको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले लुम्बिनी प्रदेशमा ‘लिडरसिप फर ट्रान्सफर्मेसन इन लुम्बिनी: अ सेमिनार अन ड्राइभिङ परफर्मेन्स एन्ड रिजनल एक्सिलेन्स’ शीर्षकमा विशेष नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा विभिन्न विभागका सहकर्मीहरूको सहभागिता रहेको उक्त सेमिनारमा नेतृत्व विकास, व्यवसाय विस्तार, कार्यसम्पादन अभिवृद्धि तथा क्षेत्रीय समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । सहभागीहरूले गत आर्थिक वर्षको उपलब्धिको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षका रणनीतिक प्राथमिकता, व्यवसाय विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा प्रदेश र केन्द्रीय कार्यालयबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा अन्तरक्रियात्मक छलफल गरेका थिए ।
बैंकका अनुसार नेतृत्व विकाससम्बन्धी यस्ता कार्यक्रमले संस्थाभित्र ज्ञान आदान–प्रदान, अनुभव साझेदारी तथा साझा लक्ष्यप्रति प्रतिबद्धता अझ सुदृढ बनाउने विश्वास लिइएको छ । लुम्बिनी प्रदेशमा सम्पन्न यो कार्यक्रम यसअघि अन्य प्रदेशमा आयोजना गरिएका यस्तै नेतृत्वमूलक सेमिनारको निरन्तरता हो ।
सिटिजन्स बैंकले पछिल्ला वर्षहरूमा व्यवसाय विस्तारसँगै संस्थागत कार्यसम्पादनमा उल्लेखनीय सुधार हासिल गर्दै आएको जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म बैंकले कर्जा, निक्षेप तथा खुद ब्याज आम्दानी लगायत प्रमुख वित्तीय सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ । साथै, कोषको लागत घटाउने, बेस रेटमा सुधार गर्ने तथा कर्जा जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने क्षेत्रमा पनि बैंकले उल्लेखनीय सफलता प्राप्त गरेको जनाएको छ ।
बैंकले ग्राहकको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल बैंकिङ सेवामा समेत निरन्तर नवीनता ल्याइरहेको छ। हालै बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। त्यसैगरी फ्रिलान्सर सेभिङ्ग अकाउन्ट, मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन (C-ASBA) र CRN नम्बर सेवा, साथै क्रस बैंक टेलर QR सेवा जस्ता नवीन सेवाहरू पनि ग्राहकका लागि उपलब्ध गराएको छ ।
बैंकका अनुसार प्रविधिमा आधारित बैंकिङ समाधानसँगै कर्मचारीको नेतृत्व क्षमता र संस्थागत संस्कृतिलाई सुदृढ बनाउनु दीर्घकालीन सफलताको आधार हो । यही उद्देश्यअनुरूप विभिन्न प्रदेशमा नियमित रूपमा नेतृत्व विकास तथा कार्यसम्पादन अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइ मार्फत १९ लाख ३४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । विस्तारित सेवा सञ्जाल, डिजिटल नवप्रवर्तन र सक्षम नेतृत्वमार्फत बैंकले नेपालको बैंकिङ क्षेत्रमा गुणस्तरीय सेवा र दीर्घकालीन संस्थागत उत्कृष्टता कायम राख्ने लक्ष्यका साथ आफ्नो यात्रा अघि बढाइरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्