काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको बजारमा झापा इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, माबिलुङ इनर्जीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।













