काठमाडौँ । निर्वाचन प्रचारप्रसारमा ‘सनरुफ गाडी’ प्रयोग गर्न नपाउने भएका छन् । गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट, जिल्ला सुरक्षा समितिका प्रमुखहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उम्मेदवारहरुको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
योसँगै अबदेखि उम्मेदवाहरुले चुनावी प्रचारप्रसारमा जाँदा सनरुफ भएको गाडी (छतबाट टाउको बाहिर निकाल्न मिल्ने गाडी) प्रयोग गर्न पाउने छैनन् । यसअघि उम्मेदवारले सनरुफ गाडी प्रयोग गरे पनि अब भने सनरुफ गाडी प्रयोग गर्न नपाउने भएको छन् ।
यसो त निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले यस्तो गाडी प्रयोग गर्दै आएका थिए । तर, सुरक्षा जोखिमलाई कारण देखाउँदै चुनाव प्रचारमा सनरुफ गाडी प्रयोग गर्न रोक लगाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्