Skip to content
LAXMI SUNRISE BANK

८ महिनामा नेपालमा २९ अर्ब बढीको स्मार्टफोन आयात

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो ८ महिनामा २९ अर्ब बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ बराबरका स्मार्टफोन आयात भएको हो । 

यसअवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार ८ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।

त्यस्तै, रू ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड ६७ लाखको सुन र १८ अर्ब ४४ करोड ७८ लाखको चाँदी आयात भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK