के एआईले ठूलो परिमाणमा रोजगारी समाप्त पार्नेछ अथवा नयाँ सम्भावना ल्याउनेछ ?
भारतको जनसंख्या त्यो देशको सबैभन्दा ठूलो कवच हो विशेषगरी यस्तो समयमा जहाँ उपभोक्ताको खपतको कुरो आउँछ । विश्वले रोबोटको कुरा गर्छ तर रोबोटले लुगा लगाउँदैन, कार चलाउँदैन, खाना खाँदैन, बिदा मनाउँदैन, उपभोक्ता होइन । यदि रोबोटले कारखाना चलाउन थाले उसले कसको लागि वस्तु निर्माण गर्छ ? मानवको लागि वस्तुको निर्माण गर्छ र भारतको मानव जनसंंख्या विश्वमै सबैभन्दा बढी छ ।
हालै मिडियामा आएको समाचार अनुसार पछिल्ला वर्षहरुमा विश्वका ठूला कम्पनी, बैंक तथा वित्तीय संस्था, प्रविधि क्षेत्रका अग्रणी अधिकांश रोजगारदाताहरुले कर्मचारीले गर्ने काम आर्टिफिसियल इण्टेलिजेन्स (एआई) ले स्वचालित रुपमा गरिदिएकाले धेरै जनशक्ति आवश्यक नपरेको भनी निरन्तर रुपमा ठूलो संख्यामा कर्मचारी कटौती गर्दै आएका छन् । तर, कर्मचारी निष्कासन गर्नुका विविध कारण भए पनि उनीहरुले सहजताका लागि एआईलाई दोष देखाएर वा एआईको बहानामा यस्तो गरेको तर्क अहिले सुनिन थालेको छ । यसलाई प्रविधि क्षेत्रकाहरुले ‘एआई वाशिङ्ग’ को संज्ञा दिएका छन् । सन् २०२५ मा भएका ५० हजारभन्दा बढी कर्मचारी कटौतीमा एआईलाई कारणका रुपमा उल्लेख गरिएको थियो ।
कम्पनीहरुले आफ्ना कर्मचारी कटौतीको वास्तविक कारण व्यापारिक असफलता, घट्दो मुनाफा, खराब वित्तीय अवस्था, ओभरहाइरिङ्ग (आवश्यकताभन्दा बढी कर्मचारी भर्ती) जस्ता कमजोरी र भूराजनीतिक तनावले सिर्जित समस्याहरुलाई लुकाउन एआई प्रविधिलाई अन्यायपूर्वक दोष दिने प्रवृत्ति देखिएको हो । एआई नआएको भए पनि उनीहरुले उक्त अवस्थामा कर्मचारी कटौती गर्थे नै । टेक कम्पनीका संस्थापकहरुले एआईमा गरेको ठूलो लगानीको औचित्य पुष्टि गर्न एआईले श्रम बजार र अर्थतन्त्रमा ठूलो प्रभाव पारिरहेको छ भत्रे भाष्य सिर्जना गरिरहेका छन् ।
अहिलेका तथ्याङ्कहरुले एआईले व्यक्तिको रोजगारी खोसिरहेको छ/छैन भत्रेबारे स्पष्ट चित्र देखाउन सकिएको छैन । त्यसैले एआई वाशिङ्गको चर्चा चुलिएको हो । अमेरिका, बेलायत, जर्मनी र अष्ट्रेलियाका हजारौं सी–सुइट (कम्पनीका उच्च अधिकारी) माझ गरिएको एउटा सर्वेक्षणमा ९० प्रतिशतले च्याटजीपीटी सार्वजनिक भएको तीन वर्षमा एआईले कार्यस्थलको रोजगारीमा कुनै प्रभाव नपारेको बताए तापनि भविष्यमा एआईका कारण कर्मचारी संख्या कटौती गर्ने अपेक्षा करिब ४० प्रतिशत रोजगारदाताले राखेका छन् ।
कर्मचारी कटौतीलाई एआईसंग जोड्नु ‘लगानीकर्ता रिझाउने चलाखी’ हो । यसले कम्पनीले अत्याधुनिक प्रविधि अपनाउ“दैछ र खर्च कटौतीमा सफल हु“दैछ भत्रे सङ्केत दिने गरेको छ । साथै ट्यारिफजस्ता सरकारी नीतिको आलोचना गर्नु जोखिमपूर्ण हुन सक्ने ठानेर कम्पनीहरुले कटौतीका कारण एआइलाई देखाउने सुरक्षित बहाना बनाएका हुन सक्छन् ।
कम्पनीहरुले हामी एआई अपनाउँदै छौं, त्यसैले जागिरहरु कटौती हुन सक्छ भनिरहेका छन् । त्यो अहिले नै भैसक्यो भनेका छैनन् । त्यसकारण अहिले भैरहेको कटौतीको कारण एआई नै हो भत्रेमा विश्वास गर्ने आधार कमै छ ।
के एआईले आईटी कम्पनीलाई समाप्त पार्नेछ ?
वैश्विक पहिचान बनेको सफ्टवेयर सर्भिस अब आउने दशकमा ‘आर्टिफिशियल इण्टेलिजेन्स टोकन’ हुन गैरहेको छ । वास्तवमा रुटीन कोडिङ्ग अब एउटा कमोडिटी बनिसकेको छ र एआई एल्गोरिदम स्वयं आफ्नो प्रोग्रामिङ्ग गर्न सक्षम भैसकेको छ । अब वैश्विक क्लाइण्ट्स केवल सिण्टेक्स लेखाउनका लागि प्रोग्रामर्सलाई पैसा दिन तयार छैनन् बरु उनीहरुले ‘इण्टेलिजेन्स अडिट’ गर्नेलाई बढी महत्व दिने छन् ।
भारतमा एआईलाई लिएर बढ्दो बहसबीच ह्वाइट कलर जागिर, आईटी सेक्टर र बैंकिङ इण्डस्ट्रिजमाथि पर्ने यसको प्रभावलाई लिएर चिन्ता पनि तीव्र भएको छ । प्रश्न उठ्छ, के एआईले ठूलो परिमाणमा रोजगारी खोस्नेछ अथवा नयाँ सम्भावना ल्याउनेछ ? प्रविधिको यस परिवर्तनलाई खतराको साटो अवसरको रुपमा कसरी हेर्ने/बुझ्ने ? के एआईले आईटी कम्पनीलाई समाप्त पार्नेछ कि राम्रो कम्पनीलाई झन बलियो बनाउनेछ ?
एआईलाई लिएर धेरै बढी हाइप र उत्तिकै बढी नकारात्मकता पनि छ । के केही जागिर जान्छ ? अवश्य पनि जान्छ । के नया“ जागिर उपलब्ध हुनेछ ? हो उपलब्ध हुनेछ । तर यो भत्रु कि आईटी क्षेत्रको ६० प्रतिशत बढी जागिर एआईको कारण कटौती हुनेछ, अतिशयोक्ति होला । एआईले पूर्ण रुपले मानव स्थानलाई प्रतिस्थापन गर्न सक्दैन ।
केहीको भनाई छ, यदि एआईमा तीव्र गतिले वृद्धि भयो भने ठूला विदेशी कम्पनीले भारतमा आइटीको काम गर्नेछन् । यसबाट भारतीय आईटी कम्पनीको आम्दानी घट्न सक्छ, निर्यात कम हुन सक्छ र भारतको अर्थतन्त्रमाथि नकारात्मक प्रभाव पार्न सक्छ । केही आकलनमा त योसम्म भत्र भ्याइएको छ, अवस्था बढी विग्रिए भारतलाई अन्तर्राष्ट्रिय संस्थाको मद्दत लिनुपर्ने हुन सक्छ ।
एलन मस्कको विजन
इलेक्ट्रिक कार कम्पनी टेस्लाको मालिक ५४ वर्षीय एलन मस्कको विजन अनुसार उनको एआई स्टार्टअप एक्सएआईले मानवको लगभग सबै समस्या हल गर्नेछ । मस्कको कल्पनानुसार, यो एउटा यस्तो विश्वको ढाँचा हो जहाँ रोबोटिक सेना मानवको प्रत्येक आवश्यकता पूरा गर्नेछ, पैसाको कुनै अर्थ रहने छैन र श्रमको अस्तित्व समाप्त हुनेछ ।
तर प्रश्न उठ्छ, यदि काम गर्ने आवश्यकता सकियो भने समाजको ढाँचा नै ढल्नेछ । मस्कले यो प्रष्ट पार्न सकेको छैनन् कि प्रविधिबाट प्राप्त सम्पत्तिको वितरण कसरी गर्ने ? मालिक को हुने ? यदि नीति परिवर्तन भएन भने हामी स्वर्गमा होइन, बरु एउटा भयावह नर्कमा हुनेछौं जहाँ माग पूर्ण रुपले ध्वस्त हुनेछ ।
यथार्थ के हो ?
एआईले परिवर्तन अवश्य पनि ल्याउनेछ तर सवभन्दा खराब नतिजालाई अहिलेदेखि नै अवश्यम्भावी मानिलिनु उचित होइन । एआईको आगमनपछि आईटी सेक्टर पूर्ण रुपले ध्वस्त हुने कुरा शायद आवश्यकताभन्दा बढी भनिएको छ ।
एआईबाट पर्ने असरका कारण कम्पनीहरुले खर्च कटौती गर्नु पर्नेछ, बढी कर्मचारीमाथि निर्भर मोडल परिवर्तन गर्नु पर्नेछ र केवल कामको घण्टाको हिंसाबले पैसा लिनुको साटो नतिजामुखी परिणाममाथि ध्यान दिनु पर्नेछ ।
जुन गतिले एआईले प्रगति गरिरहेको छ, आईटी सेक्टरले झटका महशुश गरिरहेको सत्य हो । आईटी सेक्टरलाई लामो समयदेखि सेवा आधारित विकासको इञ्जिन मानिएको हो । अब आईटी सेक्टरमा एआईको धेरै प्रयोग हुन थालेको छ जसले गर्दा मानवको आवश्यकता कम हुँदै गईरहेको छ । यस्तोमा कम्पनीले आप्mना कर्मचारीको संख्यामा कटौती गरिरहेका छन् । तर यो प्रविधिले नया“ सेक्टरमा माग वृद्धि हुन सक्छ तर शर्त यो छ कि कम्पनी र कर्मचारी त्यही गतिले प्रविधि अनुकूल हुन सक्नुपर्छ ।
सर्भिस सेक्टरका अतिरिक्त मनुप्mयाक्चरिङ्ग सेक्टरमा पनि एआईको प्रभाव बढ्दो छ । यो त्यो क्षेत्र हो जहाँ रोबोटिक्समा भैरहेको प्रगति उत्पादनलाई नयाँ रुप दिइरहेको छ । त्यसैले नीतिगत प्राथमिकतामा यस परिवर्तनलाई प्रतिविम्बित गरिनुपर्छ । सेमीकण्डक्टर इण्डस्ट्रिजमा अनुदान दिनुको साटो भारतले मानव पूँजी (ह्युमन क्यापिटल-तालिम, शिक्षा, अनुसन्धान र विकास) मा लगानी गरे बढी लाभ पाउनेछ ।
कम्पनीहरुले सामान्य र साधारण जागिर कम गर्दै लगेका छन् तर एआईसँग आबद्ध जागिर पूरै विश्वमा बढ्दो छ । जो एआई सिक्न सक्छन्, सम्हाल्न सक्छन्, त्यससित काम गर्न सक्छन् उनीहरुको माग लगातार बढ्दो छ ।
सुन्दा यस्तो लाग्थ्यो एआईले जागिर खोसिरहेको छ । तर कुरो जागिर खोसिने भत्रे होइन, जागिर परिवर्तन गर्ने भत्रे हो । कम्पनीले पूराना कर्मचारीको स्थानमा नयाँलाई राखिरहेको छैन । बरु कम्पनीले आफ्नो काम गर्ने सम्पूर्ण तरिकालाई एआई अनुरुप परिवर्तन गरिरहेका छन् । एआईले केवल जागिर कम गरिरहेको छैन, पूरै रोजगार व्यवस्थाको ढाँचा नै परिवर्तन गरिरहेको छ ।
अब रोजगार बजारमा एआई सीप सवभन्दा महत्वपूर्ण सीप बत्र गैरहेको छ । विश्वभरिकै कम्पनीहरुले एआईमा आधारित हाइरिङ्ग गरिरहेका छन् । तर शुरु (इन्ट्री लेवल) जागिरमा भने कमी आइरहेको छ । यसबाट रोजगार बजार दुई भागमा विभाजित भएको देखिन्छ ः एकातर्फ तिनीहरु जो संग एआई सीप छ उनीहरुले अवसर बढी पाइरहेका छन् र अर्कोतर्फ तिनीहरु जो संग एआई सीप छैन, उनीहरुको अवसर साँघुरिदै गएको छ ।
यसबाट सवभन्दा मर्का ती युवाहरुलाई भैरहेको छ जसले आप्mनो करियरको शुरुवात् भर्खर गर्न खोजेका छन् । जसै मेशिनले राम्रो काम गर्न थाल्नेछ, त्यसैगरी जागिर प्रवेश कम हु“दै जानेछ ।
एआईको प्रभाव
– सामान्य र दोहोरिने काम कम हुँदै गइरहेको छ ।
– तर विशेष खाले र नयाँ सीपको माग बढ्दो छ ।
– नयाँ जागिर, नयाँ पद र नयाँ करियर सिर्जना हुँदैछ ।
त्यसैले एआईले खतरा छैन । एआईले रोजगार खोस्ने नभएर काम गर्ने तरिकामा परिवर्तन ल्याउ“दैछ । बरु यो एउटा यस्तो बल हो जसले सामञ्जस्यको माग गर्दछ । एआई चुनौती अवश्य पनि हो । जुन कम्पनी प्रविधिमा निपुण छैनन् उनीहरुलाई एआईपछिको सामञ्जस्य गर्न बढी समय लाग्नेछ, यत्ति हो ।
माइक्रोसफ्ट कर्पोरेशनको अध्यक्ष ब्राड स्मिथको भनाई
माइक्रोसफ्ट कर्पोरेशनको अध्यक्ष ब्राड स्मिथले एआईबाट डराउनु पर्दैन, आगामी दिनमा यसले सफ्टवेयर इञ्जिनियर वा इन्फोर्मेशन टेक्नोलोजीमा काम गरिरहेका मानिसको प्रतिस्थापन गर्दैन, बरु उनीहरुको सीपलाई सुधार गर्नमा मद्दत गर्नेछ । माइक्रोसफ्टको उद्देश्य यस्तो प्रविधिको विकास गर्नु हो जसले मानिसलाई झन बढी दक्ष बनाओस् । एआईले दोहोर्याउने खाले कोडिङ्गको काम सह्माल्न सक्छ जसमा डेवेलपरले डिजाइन, सिस्टम आर्किटेक्चर, टेस्टिङ्ग र सुरक्षा जस्ता महत्वपूर्ण काममा ध्यान दिन सक्नेछ ।
एआईले रोजगारमा कमी हुन दिने छैन बरु प्रोफेशनल्सको कामलाई अझ बढी राम्रो तरिकाले गर्नलाई मद्दत गर्नेछ । यसबाट दक्ष प्राविधिकको माग बढ्नेछ र उनीहरुको तलवमा सुधार हुनेछ । माइक्रोसप्mटको मुख्य उद्देश्य यस्तो मेशिन बनाउनु हो जसले मानिसको दक्षतामा वृद्धि गरोस् ।
उनी भन्छन् – हामी आफैलाई सोधौं हाम्रो भोलिको लक्ष्य के हो ? मेशीन स्मार्ट हुँदै जाओस् यो ठीक छ तर माइक्रोसफ्टको सवभन्दा ठूलो लक्ष्य मानिसलाई स्मार्ट बनाउनु हो । स्मिथका अनुसार, एआईको सवभन्दा ठूलो फाईदा यो छ कि उसले संवाद गर्ने, शिक्षण/अध्ययन र सुत्रे बुझ्ने क्षमतालाई राम्रो बनाई रहेको छ । उदाहरणको लागि एआईले २२ भारतीय भाषामा ट्रान्सलेट (अनुवाद) गरी मानिसहरुबीच संवाद र समझ बढाउने काममा मद्दत गर्न सक्छ । उनको कम्पनीले एआईको उपयोग आईटी क्षेत्रमा काम गर्नेलाई प्रतिस्थापन गर्नलाई होइन बरु उनीहरुमा रहेको ज्ञान, सीप, कलालाई अझ बढी तिखार्नको लागि गरिरहेको छ ।
एआई कम्पनी एन्थ्रोपिकको सीईओ डारियो अमोदेईको मत
एआई कम्पनी एन्थ्रोपिकको सीईओ डारियो अमोदेई सुरक्षित र जिम्मेवार एआईको बलियो समर्थक मानिन्छन् । उनको कम्पनीलाई विश्वकै सवैभन्दा सुरक्षित र शक्तिशाली एआई कम्पनीमा गणना गरिन्छ । उनी केवल प्रविधि निर्माण मात्रै गर्ने नभएर नैतिकतालाई प्राथमिकता दिने नेतृत्वकर्ता पनि हुन् । २०२१ मा एआई सुरक्षाको विषयमा मतभेदपछि छुट्टै एन्थ्रोपिक कम्पनीको स्थापना गरी ‘पब्लिक बेनिफिट कर्पोरेशन’ बनाए । यसको अर्थ हो, कम्पनीको लागि मुनाफाभन्दा बढी समाजको हित महत्वपूर्ण हो । उनको सम्पत्ति करीब ५८ हजार करोड रुपैयाँ अनुमान गरिएको छ । उनले आफ्नो ८०% सम्पत्ति दान गर्ने घोषणा गरेका छन् । उनलाई विश्वको सवैभन्दा प्रभावशाली एआई फाउण्डर्समा गणना गरिन्छ । डारियोको मत छ, सन् २०३० सम्म एआईले मानव बुद्धिमत्तालाई पछाडि पार्न सक्छ । त्यसैले उनी एआईमाथि कानूनी नियन्त्रण र कडा नैतिक नियमको वकालत गर्दै आएका छन् ।
युवाहरुलाई के सन्देश हुन सक्छ ?
युवाहरु मुलुकको सवैभन्दा ठूलो पूँजी हुन् । अनुशासन, कडा मिहिनेत र केही नयाँ गर्ने/सिक्ने साहस नै उनीहरुको सफलताको सा“चो हो । यदि हामी एआईलाई एउटा ‘सहायक’ झैं प्रयोग गरेर आफ्नो सीप/दक्षतालाई अपडेट गर्दै लग्यौं भने करियरमा कुनै रुकावट आउने छैन । जसले एआईलाई सहि तरिकाले सिक्नेछन् त्यो नै भविष्यमा अघि बढ्नेछ । त्यसैले युवाले एआईसित डराउनु पर्दैन बरु स्वयंलाई अपडेट गर्दै लग्नुपर्छ ।
अहिलेको युगमा सवभन्दा आवश्यक सीप हो निरन्तर सिक्दै रहनु र नयाँ प्रविधि अपनाउनु । प्रविधिले ती व्यक्तिलाई बढी फाईदा दिन्छ जसले समयको प्रवाहसंगै सिक्छन् र अनुकूल सोच्छन् । जस्तै स्मार्ट मानिस जेनरेटिव एआईको प्रयोग गरी राम्रो नतिजा ल्याउने, बढी राम्रो गुणस्तरयुक्त काम गर्न सक्ने र आप्mनो उत्पादकत्वमा वृद्धि गर्न सक्छन् । एआईसित डराउनुको साटो सिक्नु नै भविष्यको सवैभन्दा ठूलो आवश्यकता हो । त्यसैले युवाले एआईसित डराउनुको साटो त्यसलाई सञ्चालन गर्नमा निपुण हुनुपर्छ । आउँदो वर्षमा उही व्यक्ति सफल हुनेछ जसले नयाँ प्रविधि संगसंगै स्वयंलाई अपडेट गर्दै लग्नेछन् ।
मानव मष्तिस्कभन्दा उत्तम केही पनि हुन सक्दैन
इन्फोसिसको फाउण्डर नारायण मूर्तिले दिल्ली विश्वविद्यालयमा आयोजित एउटा कार्यक्रममा भने कि कुनै पनि प्रविधि मानव मष्तिस्कभन्दा उत्रत हुन सक्दैन । एआईले कहिल्यै पनि मानवको स्थान ओगट्न सक्दैन किनभने रचनात्मकता (क्रिएटिविटी) र सोच्ने क्षमता केवल हामीसँग छ । उनले युवाहरुलाई भरोसा दिलाए कि यदि उनीहरु आप्mनो सिक्ने क्षमता बलियो राख्न सके भने कुनै पनि मेशिनले उनीहरुलाई पछार्न सक्दैनन् । एआई खतरा नभएर एउटा अवसर हो र युवाहरुले यसबाट डराउनुको साटो फाईदाको लागि प्रयोग गर्नुपर्छ । एआईलाई दुश्मन ठात्रे होइन, आफ्नो हतियार बनाउन सक्नुपर्छ ।
बजारमा हलचल/उतारचढाव यसकारण छ किनभने मानिस आईटीको भविष्यलाई लिएर अन्यौलमा छन् । एआईले हानी पुर्याउनेछ अथवा नयाँ अवसर प्रदान गर्नेछ – यो यस कुरामा निर्भर रहनेछ कि कम्पनीले कति चाँडै स्वयंलाई अपडेट गर्दै लग्छ । तर अहिले यति कुरा निश्चित छ कि कथा अहिले सकिएको छैन ।
-अधिवक्ता अमर कुमार मल्लिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्