Skip to content
LAXMI SUNRISE BANK

बैंकहरूमा पैसा फालाफाल, थप ३० अर्ब तान्दै राष्ट्र बैंक ! (सूचनासहित)

अर्थ सरोकार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि ३० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत फागुन २७ गते थप ३० अर्ब रुपैयाँ तान्न लागेको हो ।

जसका लागि आज (बुधबार) दिउँसो ३ बजे बोलकबोल हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा भाग लिन सक्नेछन् । बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यो निक्षेप संकलन उपकरणको म्याद २८ दिनको हुनेछ । जसको साँवा र ब्याज चैत २५ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

rastra bank notice

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK