काठमाडौँ । हुन् त विदेशीनु धेरैका लागि बाध्यता हो । देशमा भनेजस्तो रोजगारी र आय–आर्जनका अवसरहरु नभएपछि विदेशिनु रहर भन्दा बाध्यता बढी हुन्छ । तर कतिपयका लागि, विशेषगरी मध्यम तथा धनीहरुका लागि विदेशीनु बाध्यता भन्दा रहर वा फेसन जस्तो देखिन्छ ।
स्वदेशमा आफ्ना बाबाआमाले गरेका उद्यम व्यवसायहरु नसम्हालेर विदेश जानेहरु पनि धेरै छन् । खासगरी विकसित भनिएका देशहरु अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा सहितका कतिपय युरोपियन देशहरुमा ती गएका छन् । कोही गुणस्तरीय शिक्षाको बाहनामा त कोही पढ्ने बाहनाले कमाउने ध्येय साथ गएका छन् । त्यसरी जानेहरु पनि धेरै भइसकेका छन् । जस्तो कि अस्ट्रेलियाको तथ्याकं विभाग (एबिएस) को पछिल्लो तथ्याकं अनुसार त्यहाँ १ लाख ९७ हजार ८ सय नेपालीहरु छन् । र, अस्ट्रेलियामा रहेका आप्रवासी समुदायहरुमध्ये नेपाली समुदाय अहिले ८औं ठुलो समुह बनिसकेको छ ।
त्यसैगरी प्यू रिसर्च सेन्टरको रिर्पोट अनुसार अमेरिकामा करिव ३ लाख नेपालीहरु बसोबास गरिरहेको पछिल्लो तथ्यांक (सन् २०२५) छ । तर त्यहाँ हरेक १० बर्षमा जनगणना गरिने भएकाले त्यो संख्या बढेको पनि हुनसक्छ । बेलायतमा पनि १ लाख भन्दा ज्यादा नेपाली बसोबास गर्ने अनुमान छन् । क्यानडा लगायत अन्य युरोपियन देशहरुमा पनि अनगिन्ती नेपालीहरु बसोबास गर्छन् । मध्यपुर्बका खाडी देशहरुमा त १९ लाख नेपालीहरु कार्यरत रहेको सरकारी तथ्याकं नै छ । एक महिना यता त्यहाँ जारी अमेरिका–इजराइल र इरानबीचनको द्धन्दले खाडी ११ वटा देशमा हमला भइरहेका छन् । इरानले विश्वको प्रमुख इन्धन निर्यातक मार्ग स्टेट अफ हर्मुज नाका बन्द गरिदिएपछि संसारभरका देशमा इन्धन अभाव खड्किएको छ । फलस्वरुप पर्यटन थलिन थालेको छ र उपभोक्ता वस्तुमा विश्वभर महंगी बढेको छ । खाडीमै कार्यरत कयौं नेपालीहरुले रोजगारी गुमाउन थालिसकेका छन् ।
खाडीका देशहरु मात्र होइन् भारत, चीन, जापान, कोरिया सहित संसारका १७० भन्दा बढी देशमा रोजगारी तथा आप्रवासनका क्रममा नेपालीहरु छरिएका र्छन् । नेपालीहरु पुगेका ८७ भन्दा बढी देशमा त एनआरएनएको सञ्जाल नै विस्तार भइसकेको छ । ११० ओटा देशमा त नेपाल सरकारले नै वैदेशिक रोजगारीका लागि खुल्ला गरिसकेको अवस्था छ । संसारभर कति संख्यामा नेपालीहरु छरिएका छन् भन्ने आधिकारीक तथ्याकं त नेपाल सरकारसँग पनि छैन । अनौपचारिक अध्ययनहरुले देखाए अनुसार नेपालीहरु रोजगारी तथा आप्रवासनका दृष्टिले करिव ९० लाख हाराहारीको संख्यामा विदेशमा छन् । त्यो चानचुने संख्या होइन । ०७८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये ९० लाख हाराहारी नेपालीहरु विदेशमा रहनु, त्यसमा पनि काम गर्न सक्ने क्रियाशिल उमेरका नेपालीहरु विदेशिनुको फाइदा र बेफाइदाको बहस बेग्लै होला । एउटा देशको ३०–३५ प्रतिशत मानिस कुनै न कुनै रुपमा देश बाहिर रहनुले राष्ट्रिय जिवनमा कति फाइदा अनि कति बेफादा होला बहस नै हुन सकेको छैन ।
कतिपयले भन्छन् अवसर आफैले सिर्जना गर्नुपर्छ, राज्यको मुख ताकेर पनि हुदैन । त्यो एक हिसावले ठिकै पनि हो । राज्यले सबैलाई रोजगारी दिन पनि कसरी सक्छ र ? भएकै कर्मचारीहरुको पनि भरणपोषण राम्रोसँग सरकारले गर्न सकिरहेको छैन । तर मुल रुपमा सरकारले आफैले युवाहरुलाई रोजगारी दिने भन्दा पनि उनीहरु रोजगार हुने वातावरण सिर्जना गर्नुपर्छ । राज्यले त्यसको लागि नीजि क्षेञलाई विश्वासमा लिएर रोजगारी र उद्यमशीलता सिर्जना सिजर्ना हुने वातावरण बनाइदिनु पर्छ । फलत लाखौं रोजगारी त्यसै सिर्जना होस् । अहिले त राज्यको आफनै तर्फबाट वार्षिक ३–४ हजार नयाँ रोजागरी सिर्जना भएको छैन । हरेक बर्ष श्रम बजारमा ५ लाख हाराहारी युवाहरु नयाँ निस्कन्छन् । उनीहरुको ब्यवस्थापन नै आजको सबैभन्दा टाउको दुखाइको विषय हो ।
अहिले विदेशएका हरुमध्ये पढ्न भनेर बाहिरीएकाहरु पैसा नभएकाहरु पनि हैनन् । युरोप, अमेरिका तथा अष्ट्रेलिया जानेहरुले कम्तिमा प्रतिब्यक्ति २० लाख हाराहारी खर्च गरेर गएका छन् । उनीहरुलाई देशमै उद्यम बनाउने हो भने उनीहरुकै पैसाले त्यो सुरुवात गर्न सकिन्छ । नेपाल राष्ट बैंकका अनुसार गत आर्थिक बर्ष ०८१–८२ मा वैदेशिक अध्ययनका लागि मात्र नेपालबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको छ । त्यो चानचुने रकम होइन । अहिलेको सरकारले त्यसरी अध्ययनकै नाममा विदेशिएको त्यो पैमानाको रकम रोक्न सक्नुपर्छ । त्यसका लागि फ्रि स्कलरशिप बाहेक विदेशमा महंगो डलरमा पढ्न जाने कुरालाई नियन्त्रण गर्न सक्नुपर्छ । र, त्यसरी बाहिरीने रकम उद्यमशीलता, ब्यवसाय प्रर्वद्धनमा जाने गरी रणनीतिहरु, नीतिगत प्रोत्साहनहरु ग्रिनुपर्छ । जब यो देशमा कोही पनि बस्न नरुचाउने र उनीहरुलाई देशले आर्कषण नगर्ने अवस्था बन्द भएन भने देश कहिल्यै बन्दैन । देशलाई हाम्रै युवा पुस्ताले, अझ नयाँ आएका जेन्जी पुस्ताले माया गर्नुपर्छ र यसलाई आफैले बदल्नु पर्छ ।
आजको आधुनिक युगमा सम्बृद्ध मुलुकको नागरिक हुने दुई काइदा छन् एउटा त अर्काको अथवा कुनै धनी देशको नागरिक हुने, त्यो किनेर होस् वा अरु विकल्पबाट होस् । अर्को आफनो देश आफै बनाउने र सम्बृद्धि सहितको जिवनयापन गर्ने । एउटा सक्षम र देशप्रेमि युवाले गर्ने भनेको आफनो देशलाई हर हालतमा आफैले सम्बृद्ध बनाउने हो । अनि सम्बृद्ध देशको नागरिक हुने हो ।
अहिले त नयाँ दल रास्वपाको दुइतिहाई बहुमत सहित युवाहरुले लिड गरेको स्मार्ट सरकार छ । केही राम्रा नविनतमा कुराहरुका लागि उसले तुरुन्त निर्णय दिनसक्छ । पढेलेखेका, विदेशबाट पनि अनेक आयाममा तरक्की गरेर आएका, विदेशी विकास र सिस्टम देखे–भोेगेर आएकाहरुको सरकारमा छन् । इन्जिनियर प्रधानमन्त्री र अन्र्तराष्टिय जगतमा चिनिएका अर्थशास्त्री अर्थमन्त्री छन् । उनीहरुलाई यो स्थानमाा ल्याउन डायस्फोरामा रहेका ९० लाख नेपालीहरुको ठुलो हात छ । उनीहरुले नयाँहरुको पक्षमा सामाजिक सञ्जालको प्रयोग मार्फत चुनाबमा माहौल बनाएका थिए । घरघरमा नयाँलाई जिताउन संचार गरेका थिए । अब तिनै मानिसहरु देश बनाउन स्वदेश फर्किउन् । अबको अपेक्षा र प्रतिक्षा त्यही हो । यदी यो देश बनाउने हो भने विदेशीएका नेपालीहरु घर फर्कने स्वर्णिम अवसर यही हो । उनीहरु विदेशमा कमाएको धन, सिप र नेपाली मन लिएर फर्किउन् । अनि मात्र बन्छ देश ।
विदेशमा बसेर दाउ र जोखना हेरेर मातृभुमीको विकास हुँदैन । किनकी जेजति कथनी भएपनि देश बनाउन पुँजी, प्रविधि र सिप चाहिन्छ । त्यो विदेशमा रहेका नेपालीहरुसँग छ । उनीहरु त्यो लिएर देशलाई माया गर्दै अब फर्कनु पर्छ । त्यसको लागि बालेन नेतृत्वको नयाँ सरकारले विदेशमा रहेकाहरुलाई लगानी लिएर नेपाल फर्कन अथवा नेपालमा ठुलो लगानी गर्न आव्हान नै गर्न जरुरी छ । अन्र्तराष्ट्रिय स्तरमा नेपालमा लगानीको आवह्न गर्न जरुरी छ । त्यसको लागि आवश्यक कानुन परिर्माजन तथा नवनिर्माण सरकारले गर्नुपर्छ । अनि मात्र बन्छ देश । हाम्रै छिमेकी चीन वा भारत पनि विदेशीएकाहरुले भित्राएको पुँजी र प्रविधिको जगमा सम्बृद्ध हुदै गएका हुन् । चाहे सिंगापुर होस् अथवा स्वीजरल्याण्ड वा दक्षिण कोरिया ती सबैमा विदेशीएकाहरु आफनै देश फर्किएर बनाएका इतिहास छन् । त्यसकारण लुन त अब ढिला नगरौं । यदी नयाँ सरकारलाई, बालेन–रबी–स्वर्णिम नेतृत्वको सरकारलाई विश्वास गर्ने हो भने स्वदेश फर्किऔं । विदेशीको विकास देख्नु, त्यहाँ लुकीछिपी अर्थोपार्जन गर्नु, त्यहाँको सम्बृद्धिमा रमाउनु धेरै ठुलो कुरा होइन् । बरु स्वदेशमै खरिया खन्नु र कम्तिमा देशको अर्थतन्त्र र उत्पादनमा सानो सानो भएपनि योगदान गर्नु त्यो नै महान हो ।
अन्त्यमा, बाहिरीएका नेपालीहरु परिवार सहित फर्कने सहि समय यही हो । नेपालमा शिक्षा, स्वास्थ्य, यातायात, संचार, विधुत आदीमा आधारभुत तहमा विकास भइसकेको छ । देशलाई द्यनी बनाउने, विकासलाई आधुनिक एवं सुविधा सम्पन्न गर्ने, उद्यमशीलता अभिबृद्धि गरी स्वदेशमै रोजगारी र आय आर्जनको अवस्था सिर्जना गरी आफनै देशमा सान र मान सहित जिउने रणनीति अब विदेशमा रहेकाहरुले लिनुपर्छ । बालेन सरकारले त्यसका लागि नीतिगत सम्बोधन र वातावरण बनाउनु पर्छ । आवहन गर्नुपर्छ ।
-रिसव गौतम (गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्