Skip to content
LAXMI SUNRISE BANK

विदेशमा अध्ययन गर्न आवेदन बलियो कसरी बनाउने ?

अर्थ सरोकार

काठमाडौँ । महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभाग प्रमुख तथा एलिट क्लबका आजीवन सदस्य डा. चन्द्र उपाध्यायले ‘एलिट जर्नल-२०८१’ मा ‘नेपाली युवा विद्यार्थी विदेशिने सन्दर्भ र त्यसका सामाजिक आयामहरु’ शीर्षकमा प्रकाशित लेखमा नेपाली युवा विद्यार्थीहरुले आफ्नो गन्तव्य ठानेका र विकसित मानिएका विदेशी मुलुकसम्म पुग्नलाई गरेका सङ्घर्ष र विदेशमा प्राप्त गरेका सफलता वा असफलताको बारेमा सन् २०२० देखि २०२३ सम्म विद्यार्थी र अभिभावकलाई सामेल गरी गरेको अध्ययन र त्यसको निष्कर्ष प्रस्तुत गरेका छन् ।

अध्ययनमा प्राध्यापकले नेपाली युवाहरु विदेशिने निर्णयमा पुग्ने गरेको मुख्य कारण, विदेशिने प्रयासमा असफलताले पारेका प्रभावहरु र असफल प्रयासहरुको पछाडिको मुख्य कारणहरु पनि उल्लेख गरेका छन् ।

नेपाली युवाहरु विदेशिने निर्णयमा पुग्ने गरेको मुख्य कारण

– नेपालमा उच्च शिक्षाको स्थिति र गुणस्तरलाई मुख्य आधार मानी निर्णय लिने गरेको

– आफ्नो लागि दिगो आर्थिक अवसरहरु उपलब्ध हुने

– भविष्यमा एउटा आरामदायी जीवनशैलीको आशमा गन्तव्य मुलुकमै बसोवास गर्ने अपेक्षा

विदेशिने प्रयासमा असफलताले पारेका प्रभावहरु

– सम्बन्धित देशको प्रवेशाज्ञाको अन्तरवार्तामा आफू पटक–पटक अस्वीकृत भएको

– विदेशी विश्वविद्यालयमा पहिलो किस्ता भर्ना शुल्कको रुपमा तिरेको रकमको ठूलो हिस्सा गुमाउनु परेको

– भाषा परीक्षा र अन्तरवार्ता शुल्कमा ठूलो रकम खर्च भएको

– दुई वर्षभन्दा बढी समयको शैक्षिक नोक्सानी भई आफ्नो अध्ययनको क्रममा नै पछि परेको

असफल प्रयासहरुको पछाडिको मुख्य कारणहरुमा

– तल्लो तहको परीक्षामा राम्रो नतिजा आए पनि केही विकसित मुलुकमा अध्ययन गर्न अनुमति प्राप्त गर्ने र त्यहाँ पुगेपछि बसोवास सम्बन्धमा अन्तरवार्ता लिने अधिकारीलाई चित्तबुझ्दो जवाफ दिन नसकेर आफूहरु असफल भएको

– रोजेको/लक्षित देशका उच्चायोगहरुद्वारा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि बारम्बार नीतिगत परिवर्तन गरी जारी गरिएका दिशानिर्देशमा तालमेल नहुँदा पनि आर्थिक क्षति हुन पुगेको

– रोजेका देशका कतिपय विदेशी मुलुकको सन्दर्भमा शुरुमा त्यहा“को अध्यागमन ऐनको आधारमा विद्यार्थीलाई प्रवेशाज्ञा अनुमोदनकर्ताले विशेष पाठ्यक्रम रोज्न दिए पनि पछि चित्त नबुझ्दा प्रवेशाज्ञा प्राप्त नभएको ।

– निश्चित भिसा प्रतिबन्ध भएको देशभित्र उनीहरुले के के गर्न पाउने के के गर्न नपाउने भत्रे कुरा थाहा पाउन अलमल हुने गरेको

सर्वप्रथम हामीले स्टुडेण्ट वीजा र स्टडी पर्मिटमा फरक बुझ्नसक्नुपर्छ 

धेरैलाई लाग्न सक्छ स्टुडेण्ट वीजा र स्टडी पर्मिट एकै हो । तर, त्यसो होइन, दुवैमा फरक छ । उदाहरण: क्यानाडा प्रवेशको लागि स्टुडेण्ट वीजाको आवश्यकता पर्दछ भने स्टडी पर्मिटले त्यहाँ बसेर अध्ययन गर्न इजाजत दिन्छ । क्यानाडाको विश्वविद्यालयमा अध्ययनको लागि प्रवेश लिए पश्चात् छात्रले स्टडी पर्मिटको लागि आवेदन गर्नुपर्छ । जव स्टडी पर्मिट आवेदन स्वीकृत हुन्छ, यो तत्काल छात्रलाई दिइँदैन ।

यसको साटो विदेशी छात्रलाई एउटा पोर्ट अफ एन्ट्री लेटर दिइन्छ जसले बताउँदछ कि छात्र क्यानाडामा पढ्नका लागि योग्य छ । साथै एउटा विजिटर वीजा (टेम्पररी रेजिडेण्ट वीजा) वा इलेक्ट्रोनिक ट्राभल अथराइजेशन (eTA) दिइन्छ । यो दस्तावेजले स्टुडेण्ट वीजाको रुपमा काम गर्दछ, जुन क्यानाडामा प्रवेश पाउनका लागि आवश्यक हुन्छ । क्यानेडियन विमानस्थल वा उसको सीमामा मौजूद पोर्ट अफ एण्ट्रीमा पुगेपछि छात्रले एउटा अन्तर्वार्ता दिनुपर्छ ।

त्यहाँ क्यानेडियन बोर्डर सर्भिस एजेन्सी (CBSA) अधिकृतले स्टडी पर्मिटको लागि अन्तर्वार्ता लिन्छन् जसमा छात्रसित उसको पढाई र त्यससँग सम्बन्धित कागजात आदि जाँच गरेपछि स्टडी पर्मिट जारी हुन्छ । क्यानाडामा अध्ययनको दौरान छात्रले स्टडी पर्मिटका सवै नियमलाई पालना गर्नु आवश्यक हुन्छ । छात्रलाई अध्ययनसंग सम्बन्धित कुनै खाले परिवर्तनको दौरान पर्मिट अपडेट गराउनु पर्ने आवश्यकता पनि पर्न सक्छ ।

स्टुडेण्ट वीजाको लागि आवश्यक कागजात

विदेशी छात्रलाई क्यानाडा जानु ३ महिनाअघि सीआइसी को वेबसाइटमा गएर आवश्यक कागजात संलग्न गरी अनलाइन स्टुडेण्ट वीजाको लागि आवेदन गर्नुपर्छ । आवश्यक कागजात :

– शैक्षिक प्रमाणपत्र

– एक्सेप्टेन्स लेटर (विश्वविद्यालयबाट प्राप्त हुने)

– मान्यताप्राप्त राहदानी

– अध्ययन खर्चको लागि पर्याप्त पैसा भएको प्रमाण:  शैक्षिक ऋण प्रमाणपत्र/छात्रवृत्ति पत्र/बैंक स्टेटमेण्ट

– प्रहरीको चालचलन सिफारिस (Police clearance certificate छोटकरीमा प्रहरी प्रतिवेदन)

– स्वास्थ्य परीक्षण प्रमाणपत्र (मेडिकल सर्टिफिकेट)

– IELTS 6.0 Score, TOEFL

सबै कागजात बोकी तोकिएको मितिमा दूतावासमा अन्तर्वार्ता दिनुपर्छ  । भिसा एउटा सुविधा हो, अधिकार होइन । पेश गरेको सबै दस्तावेज ठीक छ तर पनि भिसा आवेदन अस्वीकृत हुन्छ । किन ?

स्टूडेण्ट भिसा अस्वीकृतिको कारण 

उच्च अध्ययनको लागि हाल अमेरिकामा स्टूडेण्ट भिसा पाउन कठिन छ । लाखौं विदेशी अमेरिकामा अध्ययन गरिरहेका छन् । प्रत्येक वर्ष अमेरिका जाने छात्रको संख्या हजारौंमा हुन्छन् । तर अमेरिकामा अध्ययन गर्न जाने मार्गमा सबैभन्दा ठूलो बाधा स्टूडेण्ट वीजा हासिल गर्नु हो । यस्तो पनि हुन्छ, पेश गरेको सबै दस्तावेज ठीक छ तर पनि विजा आवेदन अस्वीकृत हुन्छ । भिसा अस्वीकरण (रिजेक्सन)को पछाडि थुप्रै कारण हुन सक्छ ।

अमेरिकामा एफ-१ स्टूडेण्ट वीजा नन्–इमिग्रेण्ट वीजाको दायरामा आउँछ । भिसा रिजेक्ट हुनुको अर्थ काउन्सिलर अधिकारीलाई लागेको हुनुपर्छ कि आवेदकले वीजा शर्तलाई पूरा गरिराखेका छैनन् वा अध्ययनपश्चात् आवेदक आफ्नो देश फर्किन चाहनन् । सजिलो भाषामा भत्रुपर्दा अधिकृतलाई आवेदकको आफ्नो मुलुकसितको बलियो सम्बन्धको पर्याप्त प्रमाण हासिल भएन ।

बलियो सम्बन्धको अर्थ के हो ?

बलियो सम्बन्धको अर्थ आवेदकको व्यक्तिगत, व्यावसायिक वा सामाजिक गाँठोसँग हुन्छ, जसले आवेदकलाई आफ्नो देशसँग जोड्दछ । जस्तै: पारिवारिक दायित्व र नाता-सम्बन्ध, आफ्नो देशको जागिर र अध्ययनको निरन्तरता, सम्पत्तिको स्वामित्व वा अन्य वित्तीय प्रतिबद्धता र स्थानीय समुदायसँगको सहभागितामा काम गर्नु जस्ता कुराहरु पर्दछन् । काउन्सिलर अफिसर प्रत्येक आवेदनलाई हेर्छन् र प्रत्येक विद्यार्थीलाई ती बलियो सम्बन्धको कसीमा परख गर्छन् जसले बताउँछ कि स्टूडेण्ट आफ्नो देश फर्किन्छ वा फर्किंदैन ।

यदि कसैको वीजा आवेदन अस्वीकृत हुन्छ भने उसले पुनः आवेदन गर्न सक्छ । यदि आवेदकको अवस्था परिवर्तन भएको छ र आप्mनो देशसित बलियो सम्बन्ध प्रमाणित गर्न सकिन्छ भने पुनः आवेदन गर्नुपर्छ । त्यस आधारमा आवेदकले वीजा पाउन सक्छन् ।

आवेदन बलियो कसरी बनाउने ?

आवेदन अस्वीकृत भएपछि अपिलको प्रक्रिया हु“दैन । पुनः स्टूडेण्ट वीजा आवेदन गरी शुल्क जमा गर्नुपर्छ । पुनः अन्तरवार्ता दिँदाको दौरानमा आवेदकले बताउन सक्नुपर्छ कि कसरी आवेदकको सम्बन्ध आफ्नो देशसित बलियोसँग गाँसिएको छ । आवेदकले पारिवारिक प्रतिबद्धता, सम्पत्तिको दस्तावेज वा व्यापार व्यवसायको प्रमाण देखाउन सक्नु पर्छ ।

भिसा जाँचमा कुनै हतारो नगरिने 

अमेरिकी अधिकारीले भत्रे गरे अनुसार भिसा जाँचमा कुनै हतारो गरिने छैन । जति समय लाग्छ, उति समय लिने र जवसम्म उनीहरुलाई यो विश्वास हुँदैन कि आवेदक अमेरिकाको सुरक्षाको लागि खतरा होइनन् तवसम्म उनीहरुले भिसा जारी गर्ने छैनन् । भिसा आवेदन रद्द गर्ने कारणमा ट्रम्प प्रशासनले हालै बनाएको नीति अन्तर्गत् वीजा अस्वीकृत गर्ने आधार हुन सक्छ । यस्ता विषयको मूल्याङ्कनको कुनै एउटा मापदण्ड हुन सक्दैन ।

प्रत्येक वीजा निर्णय एउटा राष्ट्रिय सुरक्षाको निर्णय हुन्छ । अमेरिकाले वीजा जारी गर्ने प्रक्रियाको दौरान सतर्क रहन्छन् ताकि यो सुनिश्चित् गर्न सकियोस कि जो व्यक्ति अमेरिका आउनका लागि आवेदन गरिरहेका छन् उनीहरुको उद्देश्य अमेरिकीहरुको र आफ्नो राष्ट्रिय हितलाई हानी पुर्याउने छैनन् र सवै आवेदक विश्वसनीय तरिकाले त्यस वीजाको लागि आफ्नो योग्यता साबित गरुन् जसमा उनीहरु आफ्नो एडमिशनको शर्त बमोजिम नै गतिविधिमा संलग्न हुनेछन् । अमेरिकी वीजा एउटा सुविधा हो, अधिकार होइन ।

अमेरिकामा Intent to Leave को नियम हटाउने तयारी, विद्यार्थीको लागि ‘वरदान’

अमेरिकाको अध्यागमन कानूनमा क्ष्लतभलत तय भिबखभ (देश छोड्ने ईच्छा) भत्रे एउटा नियम पनि छ । यस अन्तर्गत् छात्रलाई यो साबित गर्नुपर्छ कि उसले डिग्री पाउनासाथ देश छोडेर जानुपर्ने छ ।

अमेरिकाको विद्यार्थी वीजा लिनका लागि छात्रले अमेरिकी दुतावास गएर वीजा अन्तरवार्ता दिनुपर्छ । त्यहाँ उनीहरुबाट उनीहरुको नम्बर, विश्वविद्यालय र अध्ययन खर्चसँग सम्बन्धित सवाल सोधिन्छ । प्रायः ती सवालको जवाफ दिन छात्रलाई गाह्रो हुँदैन । तर, समस्या तव उत्पत्र हुन्छ जब छात्रसँग सवाल गरिन्छ-  ‘आफ्नो अध्ययन सकेपछि तपाईं के गर्नुहुन्छ ?’ वा ‘अध्ययन सकेपछि के तपाईं आफ्नो देश फर्किनु हुन्छ ?’

यी यस्ता सवालले छात्रलाई खुबै तनाव दिन्छ । भलै छात्रको मनमा अमेरिकामा बसेर जागिर गर्ने ईच्छा किन नहोस् तर ती सवालको जवाफ यही हुन्छ कि ‘म आफ्नो घर फर्किनेछु’ ।
अब Dignity Act नामको एउटा अध्यागमन बिल अमेरिकामा ल्याइने भएको छ, जसमा छात्रको लागि Intent to Leave को प्रावधानलाई खारेज गर्ने कुरा भएको छ । यदि यो बिल पारित भयो भने त्यसपछि भिसा अन्तरवार्तामा छात्र हिच्किचाहट वेगर भत्र सक्ने छन् – ‘अध्ययनपश्चात् म अमेरिकामै बस्नेछु’ ।

Intent to Leave बाट कठिनाई के छ ?

वास्तवमा अमेरिकामा स्टूडेण्ट भिसा इमिग्रेशन एण्ड नेशनालिटी एक्टको सेक्सन २१४ बी अन्तर्गत् पर्छ । यस प्रावधान अन्तर्गत यो स्वीकार गरिएको हुन्छ कि सवै वीजा आवेदक कतै न कतै अमेरिकामा बस्ने भित्री मनसाय राख्छन् । यस्तोमा उनीहरुलाई आफ्नो देशसित बलियो सम्बन्ध साबित गरेपछि मात्रै भिसा दिनुपर्छ । विद्यार्थीको लागि यो प्रावधान सास्ती दिने खालको हुन्छ । उनीहरुले साबित गर्नुपर्छ कि जसै उनीहरुको अध्ययन सकिन्छ, त्यसै गरी उनीहरु अमेरिकाबाट आफ्नो देश फर्किनुपर्छ ।

वीजा अन्तरवार्ताको दौरान छात्र अधिकारीलाई बताउँछन् कि उनीसित आफ्नो देशमा जग्गा सम्पत्ति, व्यापार र उनको बाबु–आमा छन् जोसित उनी बस्न चाहन्छन् । थुप्रै चोटी विद्यार्थी Intent to Leave साबित गर्नका लागि यो पनि भन्छन् कि डिग्री प्राप्तिपछि उनी आफ्नो देशमा जागिर गर्न चाहन्छन् ।

भिसा अन्तरवार्ता 

अमेरिकामा अध्ययन गर्नका लागि स्टूडेण्ट भिसाको आवश्यकता पर्दछ जुन पाउनलाई अहिले धेरै कठिन छ । विशेषगरी वीजा दिनुअघि सामाजिक सञ्जाल जाँच गर्ने आदेश भएदेखि नै कठिनाई बढेको छ । अहिले छात्रको लागि स्टूडेण्ट भिसा इण्टरव्यू स्लट पाउनु चुनौतीपूर्ण छ । यद्यपि इमर्जेन्सी अप्वाइण्टमेण्ट लिन सकिन्छ ।

अन्तरवार्ताको शुरुमा दस्तावेज जाँच गर्ने, राहदानी र I-20 फारम माग्ने, त्यसपछि अध्ययन र कोर्ष छनौटको बारेमा सवाल-जवाफ हुने गर्छ ।

एक जना भारतीय छात्रको उदाहरण: भिसा अन्तरवार्ताको दौरान छात्रले यसअघि मेकानिकल इञ्जिनियरिङ्गको अध्ययन गरेको थियो, त्यसपछि उ स्नातकोत्तर तहमा इलेक्ट्रिकल एण्ड कम्प्यूटर इञ्जिनियरिङ्गको अध्ययन गर्न खोजेको छ ।

भिसा अधिकृत: तिमीले मेकानिकल इञ्जिनियरिङ्गमा स्नातकोत्तर गर्न किन नचाहेको ?

छात्र: मैले अण्डरग्राजुएटको दौरान इलेक्ट्रोनिक्स सम्बन्धी ४-५ विषय अध्ययन गरेको थिए, मलाई ती विषय पढ्दा राम्रो लाग्यो र मैले केही सानो प्रोजेक्ट्समा काम पनि गरेको छु । त्यसकारण मलाई यस फिल्डमा रुचि बढ्यो र मैले निर्णय लिएको छु कि यसैमा प्रोफेशनली अध्ययन गर्नेछु । त्यसैले मैले आवेदन गरेको हुँ ।

भिसा अधिकृत: विश्वविद्यालय छनौटको बारेमा सवाल गर्दा

छात्र:  छनौट गरिएको विश्वविद्यालयमा कोर्सको पढाई राम्रो हुन्छ भनेर नै मैले अप्लाई गरेको हो ।

भिसा अफिसर: पढाईको लागि फण्डिङ्ग कसरी गरिँदैछ ?

जवाफ: मसँग ५० लाख रुपैया“को शैक्षिक ऋण छ र मेरी आमासंग २५ लाख रुपैयाँ बचतको रुपमा छ ।

भिसा अफिसर: तिमीले कतिवटा विश्वविद्यालयमा आवेदन गरेको थियौ र कतिवटामा दाखिला भयो ?

जवाफ: चार विश्वविद्यालयमा आवेदन गरेको थिए जसमध्ये दुईमा दाखिला पाएको छु ।

भिसा अफिसर: विगत ५ वर्षमा सामाजिक सञ्जालको प्रयोग ?

छात्र: इन्स्टाग्राम र लिंक्डइन प्रयोग गर्ने गरेको छु । कोरा र रेडिटको प्रयोग पनि गरेको छु तर आफ्नो DS – 160 फारममा यसको जानकारी दिएको छैन किनभने यस सम्बन्धी कुनै अप्सन नै थिएन ।

अन्तरवार्ता सकिएपछि भिसा अफिसरले प्रशासनिक प्रक्रियालाई दर्शाउने २२१ (जी) स्लिप जारी गरे । वीजा अफिसरले छात्रको राहदानी र I – 20 फारम आफूसँग राख्दै भन्यो, तिम्रो भिसालाई अन्तिम रुपले मञ्जुर गर्नुअघि मैले अझ केही प्रशासनिक जाँच गर्नुपर्छ । जाँचपछि भिसा जारी गरिनेछ ।

अर्को उदाहरण:  एक जना नेपालीको घरमा बाबु, आमा, छोरी र छोरा थिए । बाबु जीवितै हुँदा छोरी अष्ट्रेलिया गएकी उतै उनले पीआर पाई बसेकी थिइन् । केही पछि छोरा अमेरिका गयो । अमेरिका जाँदा पारिवारिक विवरण खुलेको नाता प्रमाणपत्र पेश गरेको थियो । यता बाबुको निधनको केही वर्षपछि छोराले आमालाई अमेरिका बोलाउने निर्णय गरेछ । अमेरिकी दूतावासमा भिसा अन्तरवार्तामा,

भिसा अधिकृत: कति दिनको लागि जान लाग्नु भएको हो ?

महिला: ३ महिनाको लागि ।

भिसा अधिकृत:  त्यसपछि फर्किंदा नेपालमा हेरिदिने को छ ?

महिला: छोरी छिन् ।

अब भन्नुहोस् भिसा अधिकृतले के निर्णय गर्लान् ?

छात्रहरुलाई टिप्स:

कुनै पनि कुरालाई लिएर झुठो बोल्नु हुँदैन । आत्मविश्वासपूर्ण भएर जवाफ दिनुपर्छ र भिसा अफिसर समक्ष बिल्कुल इमान्दार रहनुपर्छ ।

-अधिवक्ता अमर कुमार मल्लिक

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK