काठमाडौँ । भारतीस सहयोगमा झापाको गौरादह गाउँपालिका-१ मा जनता माध्यामिक विद्यालयको भवन निर्माण गरिने भएको छ ।
भारतको ५.८ करोड रुपैयाँ बराबरको आर्थिक सहयोगमा उक्त विद्यालयको भवन निर्माण गर्न लागिएको हो । उक्त भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, भारतीय राजदूतावासका काउन्सलर गीतांजली ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
भारतीय राजदूतावासका अनुसार उक्त विद्यालयका भवन निर्माणको काम उच्च प्रभाव सामुदायिक विकास परियोजना झापाको गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
भवन शिलान्यास गर्दै कोशी प्रदेशका मुख्यमन्त्री, गौरादहका मेयर लगायतले भवन निर्माणमा सहयोग गरेको भन्दै भारत सरकारलाई धन्यवाद दिएका छन् । त्यस्तै, उक्त भवन निर्माण हुँदा विद्यार्थी र शिक्षकलाई सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने पनि विश्वास व्यक्त गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्