Skip to content
LAXMI SUNRISE BANK

अतिक्रमण गरेको जग्गा नछोड्नेलाई त्रिविले बल प्रयोग गरेर हटाउने !

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको जग्गा मिचेर बस्नेलाई बल प्रयोग गरेर भए पनि हटाइने भएको छ । त्रिविको सामान्य प्रशासन महाशाखाले अतिक्रमण गरिएको जग्गा खाली नगर्नेलाई बल प्रयोग गरेरै भए पनि हटाउने जनाएको हो । 

त्रिविले यसअघि बैशाख ४ गते ३५ दिने सूचना जारी गर्दै जग्गा अतिक्रमण गरेर बसेका संघसंस्थासंगठनलाई जग्गा खाली गर्न निर्देशन दिएको थियो । 

तर, सो म्याद गुज्रिन लाग्दा पनि जग्गा खाली नभएपछि त्रिविले बल प्रयोग गरेर भए पनि जग्गा खाली गर्ने जनाएको छ । त्रिविको तयारी अनुसार सुरुमा त्रिविको जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई सामान सार्न समय दिइनेछ । त्यसपछि बल प्रयोग गरेर भए पनि जग्गा खाली गराइनेछ ।

त्रिविको २ हजार भन्दा बढी रोपनी जग्गा अतिक्रमण गरिएको पाइएको छ । त्रिविको जग्गा अतिक्रमण गर्नेमा निजीदेखि सरकारी र धार्मिक संघसंस्था छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK