काठमाडौँ । धनगढीमा यातायात व्यवस्था कार्यालयले छड्के चेकिङ गरेको छ । कार्यालयले ट्राफिक प्रहरीसमेतको सहभागितामा छड्के चेकिङ गरेको हो ।
‘सुदूरपश्चिम प्रदेश यातायात व्यवस्था नियमावली २०८०’ को नियम ७५ को (१) मा मन्त्रालयले तोकेको कार्यक्षेत्रभित्र अधिकृत पवन कुमार रावलको संयोजकत्वमा छड्के चेकिङ गरिएको थियो ।
यातायात व्यवस्था कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको टोलीले १ सय ५० सवारी जाँच गर्दा नियम उल्लंघन गरेर चलाइएका १३ सवारी साधनलाई कारवाही गरिएको अधिकृत रावलले जानकारी दिएका छन् ।
उनका अनुसार अन्य ६ सवारी साधनलाई भने कागजात नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको छ । छड्के चेकिङमा गरिएको कारवाहीबाट ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको रावलले जानकारी दिएका छन् ।
नियम उल्लंघन गरेर चलाइएका सवारी साधनलाई न्यूनतम १ हजार ५ सय रुपैयाँदेखि ७ हजार रुपैयाँसम्म जरिवाना तिराइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्