काठमाडौँ । भारतबाट नेपाल आउँदा ५ सय रुपैयाँसम्मको सामान ल्याउन पाइने भएको छ । बजेटमार्फत सरकारले झिटीगुन्टासम्बन्धी व्यवस्थाअनुसार भारतबाट नेपाल आउँदा ल्याउन पाउने सामानको सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको हो ।
योसँगै अब भारतबाट नेपाल आउँदा ५ सय रुपैयाँसम्मको सामान ल्याउन पाइने भएको छ ।
यसअघि सरकारले यस्तो सीमा एक सय रुपैयाँ तोकेको थियो । यसअघि एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्थ्यो तर सरकारले नयाँ आर्थिक विधेयकमार्फत उक्त सीमा संशोधन गर्दै ५ सय रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, आर्थिक विधेयकमा अध्ययनका लागि भारत गएका विद्यार्थीले साथमा लगेको वा ल्याएको एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल छुट दिने पनि व्यवस्था गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्