काठमाडौँ । मलेसियामा खाद्यवस्तु र रासायनिक मलको मूल्यमा उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ । मलेसियाका आर्थिक मामिला मन्त्री अकमल नसरुल्लाह मोहम्मद नासिरले सोमवार संसदमा सम्बोधन गर्दै आयातित सामग्रीमाथिको उच्च निर्भरताका कारण खाद्यवस्तुको मूल्य करिव ८ प्रतिशत र रासायनिक मलको मूल्य १५ देखि २० प्रतिशतसम्म बढ्नसक्ने जानकारी दिएका हुन् ।
मन्त्री अकमलका अनुसार मलेसियामा प्रयोग हुने रासायनिक मलमध्ये ६३ प्रतिशत आयात हुने गरेको छ । यसले गर्दा विश्वव्यापी आपूर्तिमा उत्पन्न हुने अवरोधका कारण मुलुकको कृषि क्षेत्र प्रत्यक्ष जोखिममा परेको उनले उल्लेख गरेका छन् ।
बढ्दो उत्पादन लागतका कारण विशेषगरी साना तथा मझौला उद्योगहरू (एसएमई) बढी प्रभावित हुने देखिएको छ । सीमित वित्तीय क्षमताका कारण यी उद्योगहरूमा नगद प्रवाहको समस्या देखिन सक्ने भन्दै मन्त्री अकमलले सरकारले अत्यावश्यक वस्तुको सुरक्षा सुनिश्चित गर्न र मूल्य नियन्त्रणका लागि वितरण प्रणालीमा सुधार ल्याउन काम गरिरहेको बताएका छन् ।
विश्वव्यापी आपूर्ति श्रृंखलामा देखिएको संकटलाई मध्यनजर गर्दै सरकारले दीर्घकालीन रणनीति तय गरेको उनले जानकारी दिए । हाल मलेसियामा चामलको मौज्दात आगामी ५ देखि ६ महिनाका लागि पर्याप्त रहेको छ भने कुखुराको मासु, अण्डा, माछा, दूध र फलफूल जस्ता अत्यावश्यक खाद्यवस्तु कम्तीमा एक महिनाका लागि पर्याप्त रहेको जनाइएको छ ।
सरकारले वर्तमान परिस्थिति सामना गर्न चारवटा मुख्य खम्बामा आधारित नीति अवलम्बन गरेको छ । जसमा नागरिकको सुरक्षा, आपूर्ति र मूल्यमा स्थिरता, उद्योग तथा साना व्यवसायलाई सहयोग र दीर्घकालीन आर्थिक सबलीकरण रहेका छन् । यसका साथै लक्षित वर्गका लागि नगद सहायता र इन्धन अनुदानका कार्यक्रमहरूलाई निरन्तरता दिइने मन्त्री अकमलले स्पष्ट पारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्