काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएकी हुन् ।
बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरिएको छ । बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च हुने गरी चालु खर्चको व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले स्पष्ट पारिन् ।
चालु खर्च कर्मचारीको तलबलगायत वृद्धि भएका कारण बढ्न सक्ने उपमहानगरपालिकाको प्रक्षेपण छ । त्यस्तै, पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले कमी रहेको पनि उपमेयर बज्राचार्यले बताउनु भयो । वडा स्तरीय कार्यक्रम र विषयगत क्षेत्रको कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको हो ।
त्यस्तै, बजेट कार्यान्वयनका लागि मासिक रुपमा सम्बन्धित निकायसँग रिर्पोटिङले व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले बताए । त्यसैगरी बजेटमा निर्माणाधीन आयोजनाका लागि बजेटको सुनिश्चितता पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्