Skip to content
LAXMI SUNRISE BANK

एनआईएमबि बैंकका हाकिमहरु एकएक गरी जागिर छाड्दै, सिजापतिले दिए राजीनामा, जोशी पीआर लिएर स्ट्याण्डबाई !

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ‘थर्ड म्यान’ रविन सिजापतिले बैंकबाट राजिनामा दिएका छन् । सिजापतिले असार मसान्तदेखि लागू हुनेगरी बैंक छाडेका हुन् ।

सिजापति आफैँले बैंक छाडेको पुष्टि गरे । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले आफूले बैंक छाडेको पुष्टि गरेका छन् । बैंकको नेतृत्व अनेक झमेलामा परिरहेका बेला बैंकका सिनियर डेपुटी जनरल मेनेजर सिजापतिले दिएको राजिनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  

अर्कोतर्फ बैंकमा उच्च अधिकारीले नै विदेशी पीआर लिएर बसेको समेत पाइएको छ । बैंककी डेपुटी जनरल मेनेजर सुजाता जोशीले विदेशी पीआर लिएर बसेको पाइएको हो । 

बैंकमा अनेक घोटाला भइरहने, बैंकका अन्य हाकिम कोही भाग्ने, कोही बैंक छाड्ने भइरहेका बेला कुनै पनि दिन देश छाड्न सजिलो हुनेगरी जोशीले अमेरिकाको पीआर लिएर बसेको पाइएको हो । उनी अमेरिकाको पिआर होल्डर रहेको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । 

उक्त विषयमा बुझ्न फोन गर्दा जोशीले हाम्रो फोन उठाइनन् । यता सूचना अधिकारी प्रमोद अधिकारीले जोशी अमेरिकाको पीआर होल्डर भएको विषय आफूलाई थाहा नभएको र पीआर होल्डर भए पनि विदेशी पीआर होल्डर बैंकको पदाधिकारी हुन नपाउने नियम नभएको बताए । 

‘त्यो विषय मलाई थाहा छैन । कसैको व्यक्तिगत कुरा सोध्न पनि भएन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अधिकारीले भने, ‘भए पनि के भयो र ? पीआर होल्डर बैंकमा बस्न नपाउने नियम छैन । निजी क्षेत्रमा त्यो आकर्षित हुँदैन ।’

यसो त केही समयअघि मात्र सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुरमा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व एमडी प्रदिप अधिकारीसँग शंकास्पद कारोबार गरेको पाइएपछि बैंककी असिस्टेन्ट जनरल मेनेजर जेनु थापाले समेत बैंक छोडेकी थिइन् । प्रहरीको अनुसन्धान ‘रडार’मा तानिएपछि उनले एकाएक बैंक छोडेकी थिइन् । 

उनीमाथि अधिकारीको कालो धनलाई ‘सेटलमेन्ट’ गरेको आरोप छ । थापाले अधिकारीको अकुत सम्पत्ति आफ्नो नाममा जम्मा गरेको प्रमाणहरु प्रहरीले फेला पारेको थियो । बैंक छोडेकी थापा अहिले सम्पर्कविहीन छिन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK