काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा दाङस्थित राप्ती आँखा अस्पतालमा निर्माण गरिएको नयाँ अपरेसन थिएटर भवन उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेशको दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको अस्पतालको दुईतले अपरेसन थिएटर भवनको उद्घाटन भारतीय राजदूतावासका काउन्सलर गीताञ्जलि ब्रैंडन र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले संयुक्त रूपमा गरेका हुन् ।

भारतीय राजदूतावासका अनुसार उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project–HICDP) अन्तर्गत निर्माण गरिएको हो । परियोजनाको कार्यान्वयन तुलसीपुर उपमहानगरपालिकाले गरेको हो। यो दाङ जिल्लामा सम्पन्न भएको सातौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर, अस्पताल व्यवस्थापन तथा अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले यस क्षेत्रका नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशमा करिब ६०० वटा परियोजना अघि बढाइएको छ । तीमध्ये लुम्बिनी प्रदेशमा ६६ वटा तथा दाङ जिल्लामा सात वटा परियोजना सञ्चालनमा छन् ।

यसैगरी, भारत सरकारले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई हालसम्म १६९ वटा एम्बुलेन्स र ५९ वटा विद्यालय बस उपलब्ध गराइसकेको जनाएको छ । दाङ जिल्लाले मात्रै १९ वटा एम्बुलेन्स र ८ वटा विद्यालय बस प्राप्त गरेको छ । यसअघि सन् २०२२ को जनवरीमा राप्ती आँखा अस्पताललाई पनि एक एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको थियो ।
भारतीय राजदूतावासले नेपाल–भारतबीचको बहुआयामिक विकास सहकार्य निरन्तर सुदृढ बन्दै गएको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत पूर्वाधार विकास, स्वास्थ्य सेवा तथा स्थानीय विकासमा सहयोग जारी रहने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्