काठमाडौं । भारत सरकारले प्रदान गर्ने अनुदान सहयोगमा नेपालका विभिन्न प्रदेशमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका ८ वटा नयाँ उच्च प्रभाव सामुदायिक विकास (High Impact Community Development Project–HICDP) परियोजना सञ्चालन हुने भएका छन् ।
काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सम्बन्धित कार्यान्वयन निकायबीच करिब ८० करोड ३० लाख रुपैयाँ अनुमानित लागतका यी परियोजना कार्यान्वयनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार सञ्चालन हुने परियोजनामा सुनसरीस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलीकरण, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण, धादिङको ज्वालामुखी गाउँपालिकामा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण, मोरङको बेलबारी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण, दैलेखमा १० शय्याको अस्पताल निर्माण, हुम्लामा कृषि प्रवर्द्धन केन्द्र निर्माण, स्याङ्जामा कोल्ड स्टोर निर्माण तथा सुनसरीको बराहक्षेत्र क्षेत्रमा १५ शय्याको अस्पताल भवन निर्माण रहेका छन् ।
यी सबै परियोजना नेपाल सरकारका स्थानीय तह तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ।
भारत सरकारले सन् २००३ यता नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत उल्लेखनीय सहयोग गर्दै आएको छ । नयाँ ८ परियोजनासहित हालसम्म ६०५ वटा परियोजना अघि बढाइएका छन् । तीमध्ये ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी विभिन्न चरणमा रहेका छन् ।
सम्पन्न परियोजनाहरू स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सरसफाइ, पूर्वाधार तथा सार्वजनिक उपयोगितासँग सम्बन्धित क्षेत्रहरूमा केन्द्रित रहेका छन् ।
भारतीय दूतावासका अनुसार यी परियोजनाले स्थानीय स्तरमा पूर्वाधार विकास, सेवा पहुँच विस्तार तथा जनजीवन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, नेपाल सरकारको विकास प्राथमिकतालाई सहयोग पुर्याउने उद्देश्यले भारतले यस्ता सामुदायिक विकास परियोजनामार्फत निरन्तर सहकार्यलाई अघि बढाइरहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्