Skip to content
LAXMI SUNRISE BANK

नजिकिँदै दशैँ तिहार, चङ्गा पसलमा चहलपहल (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । असोजको सुरूवातसँगै बजारमा दशैँमा खपत हुने वस्तुको व्यापारको समय आएको छ । खाद्यान्न, लत्ताकपडाबाहेक दशैँ–तिहारको समयमा उच्च माग हुने चङ्गा पनि बजारमा देखिन थालेका छन् । दशैं

विशेषगरी काठमाडौं उपत्यकाका विभिन्न बजारमा रंगीचंगी चङ्गा, लट्टाई र धागो बिक्रीमा राखिएका छन् । मूल्य सोधपुछ गर्ने र खरिद गर्नेको चहलपहल चङ्गा पसलमा देखिन थालेको छ । दशैँको समयमा परिवार तथा साथीभाइसँग चङ्गा उडाउने पुरानो परम्परा रहेकाले यो समयमा चङ्गाको माग बढ्ने गरेको छ ।

काठमाडौँ टेङ्गल चोकस्थित भुतमाली पस: (द काइट सप)का सञ्चालक विपीनराज वैद्यले दशैँ–तिहार नजिक आएसँगै आयात थालिएको र अब विस्तारै ग्राहकको माग बढ्ने बताए । दशैँ–तिहारमा यस वर्ष मौसम राम्रो हुने अपेक्षा रहेकाले बिक्री पनि राम्रो हुने उनको अपेक्षा छ ।

नेपालमा मुख्यतः भारतबाट चङ्गा आयात हुन्छ । भारतको कलकत्ता, जयपुर, वनारस, बरेलीलगायत ठाउँबाट चङ्गा, धागो आयात हुने गरेको छ ।

पछिल्लो समय मोबाइल फोन, सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनको प्रभाव बढ्दै गएपनि दसैँमा चङ्गा उडाउने संस्कृतिप्रतिको आकर्षण भने पूर्ण रूपमा घटेको छैन । दशैँको छुट्टीमा घरबाहिर निस्केर आकाशमा चङ्गा उडाउनु धेरैका लागि बाल्यकालको सम्झनासँग जोडिएको गतिविधि हो । दशैँको मुख्य दिन नजिकिँदै जाँदा चङ्गाको बिक्री अझ बढ्ने अपेक्षा व्यवसायीको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK