Skip to content
LAXMI SUNRISE BANK

बाढीमा चेक, एटिएम कार्ड र मोबाइल हराएकाले पनि बैंकिङ कारोबार गर्न पाउने

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशी बाढीमा बैंकिङ कागजात हराएकाहरुले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन् । बैंकहरुलाई परिपत्र गर्दै राष्ट्र बैंकले बाढीमा कागजात हराएका नागरिकले पनि कारोबार गर्न पाउने व्यवस्था गर्न निर्देशन दिएको हो । 

योसँगै बाढीमा चेक, एटिएम कार्ड, मोबाइल तथा अन्य बैंकिङ कागजात हराएका नागरिकले पनि बैंकिङ कारोबार गर्न पाउनेछन् । 

राष्ट्र बैंकको परिपत्र अनुसार बैंकहरुले ग्राहकको पहिचान केवाईसीसँग भिडाएर पुष्टि भएमा बैंकिङ कारोबार गर्न मिल्नेछ । अर्थात, हस्ताक्षर, फोटो वा अन्य विवरणका आधारमा ग्राहकको पहिचान गरी कारोबार गर्न मिल्ने व्यवस्था मिलाइनेछ ।

यसरी बाढी प्रभावितहरुलाई बैंकिङ कारोबारमा सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK