काठमाडौँ । अबदेखि व्यवसायिक प्रयोजनका लागि आफैँ ग्यास ढुवानी गर्नुपर्ने भएको छ । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै नेपाल आयल निगमले व्यवसायिक प्रयोजनका लागि आफैँ ग्यास ढुवानी गर्नुपर्ने व्यवस्था गरेको हो ।
योसँगै अब होटल, रेष्टुरेन्ट लगायत व्यवसायिक प्रयोजनका लागि व्यवसायी आफैँले उद्योगबाट ग्यास ढुवानी गरेर ल्याउनुपर्ने भएको छ ।
बाढीका कारण राजमार्गमा आएको पहिरो तथा अवरोधका कारण काठमाडौँमा ग्यास आपूर्ति असहज भएपछि यस्तो व्यवस्था गर्नुपरेको निगमले जनाएको छ ।
हाल निगमले सर्वसाधारण, विद्यार्थी र आवश्यकताका आधारमा नागरिकहरुलाई प्राथमिकतामा राखेर ग्यास वितरण गरिने निगमले जनाएको छ । निगमका अनुसार सडक अवरुद्ध हुँदा काठमाडौँमा ग्यास आपूर्ति गर्ने २२ मध्ये १८ उद्योगमा ग्यास बुलेट पुग्न सकेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्