काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि सर्टलिस्टमा परेका ४ जनाको अन्तर्वार्ता सकिएको छ । सर्टलिस्टमा परेका प्रताप सुवेदी, अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटाको अन्तर्वार्ता सकिएको हो ।
अन्तर्वार्ता सकिए पनि ४ मध्येबाट मन्त्रिपरिषद्मा ३ जनाको नाम सिफारिस र नयाँ सिइओ नियुक्ति दशैँपछि मात्र हुनेछ ।
नेप्सेको सिइओ छनोटका लागी गठन गरिएको छनोट तथा सिफारिस समितिले जनामध्येबाट अन्तिम ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । सोही ३ जनामध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई नेप्सेको सिइओ नियुक्त गर्नेछ ।
तर, नेप्सेको नयाँ सिइओ सिफारिस र नियुक्ति दशैँपछि हुने बताइएको छ । समितिले उम्मेदवारको शैक्षिक योग्यता, व्यवसायिक कार्ययोजना र अन्तर्वार्ताको प्राप्तांक जोडेर उत्कृष्ट ३ जनाको नाम सिफारिस गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्