
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा भारतमा कोरोनाविरुद्धको युद्ध जितेको गृहमन्त्री अमित शाहले बताएका छन् । भारतीय गृहमन्त्री शाहले भने, ‘प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले सफलतापूर्वक कोरोनाविरुद्धको युद्ध जितेको छ ।’
भुलापुरा गाउँमा र्यापिड एक्सन फोर्सको ९७औं बटालियनको भवनको शिलान्यास गर्दै गृहमन्त्री शाहले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि महामारी नियन्त्रणतर्फ गएको बताएका छन् । गृहमन्त्री शाहले कोरोनाविरुद्धको खोपले महामारी अन्त्यको सुरुवात भएको बताएका छन् । कोरोनाविरुद्धको लडाईं अन्तिम चरणमा पुगेको उनले बताएका छन् ।
भारतको कोरोनाविरुद्धको खोप अभियानले भारतलाई आत्मनिर्भर बनाएको र अदृश्य शत्रुु लाई पराजित गर्ने दिशामा अघि बढाएको बताएका छन् । सन् २०१९ को अन्तिममा देखिएको कोरोना भाइरसले विश्वभर महामारीको रुपमा लिँदै करिब २० लाख मानिसहरुको मृत्यु भइसकेको छ । भारतमा जनवरी १६ मा विश्वकै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्