Skip to content
LAXMI SUNRISE BANK

धारा ३७० को खारेजीले सरकारी संस्थाहरुप्रतिको विश्वास बढाएको लिफ्टिनेन्ट योगेश कुमारको भनाई

अर्थ सरोकार

काठमाडौं । उत्तरी कमाण्डका कमाण्डिङ अफिर लिफ्टिनेन्ट योगेश कुमारले धारा ३७० को खारेजीले सरकारी संस्थाहरुप्रतिको विश्वास बढाएको बताएका छन् । धारा ३७० को खारेजीसँगै सरकारी कार्यालयहरुमा सुशासन र भ्रष्टाचार नियन्त्रणमा आएको उल्लेख गर्दै उनले जम्मु काश्‍मीरका सरकारी संस्थाहरुप्रतिको जनविश्‍वास बढेको बताएका छन् । 
‘जिल्ला विकास परिषद्‌को चुनावी परिणामले सरकारी संस्थाहरु र प्रशासनप्रतिको विश्‍वा थप सुदृढ हुनेछ । धारा ३७० को खारेजी जम्मु काश्‍मीरका लागि गेम-चेन्जर सावित भएको छ,’ उनले भने । सन् २०१९ अगस्त ५ मा भारत सरकारले संविधानको धारा ३७० खारेज गर्दै जम्मु काश्‍मीरलाई केन्द्र सरकारको अधिनमा रहेको छ । धारा ३७० को खारेजीपछि उपत्यकामा प्रजातन्त्रको पुनर्स्थापना भएको उनले बताएका छन् । 
चिनियाँ सेनासँगको विवाद बढ्दै गएको उनले भने, ‘भारतीय सेनाले चिनियाँ सेनाप्रति देखाएको दृढता प्रकट भएको छ । आज म निकै सन्तुष्ट छु कि गत अगस्त भन्दा अहिलेको अवस्थामा निकै धेरै सुधार भएको छ ।’ युद्ध हतियारले भन्दा पनि मानिसहरुको साहसले युद्ध लडिने भएकोले चिनियाँ लिब्रेसन आर्मीविरुद्ध भारतीय सेना हरदम कटिबद्ध रहेकोप्रति उनले प्रशंसा गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK