
हङकङ । चीनले हङकङका प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई निशाना बनाएर सफाया अभियान चलाइरहेका छन् । प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई नियन्त्रणमा लिने काम गरिरहेको छ । चीनले असन्तुष्टिलाई रोक्ने क्रममा हङकङका प्रजातन्त्र समर्थित वेबसाइटहरुमा प्रतिबन्ध लगाइएको छ । एउटा टेलिकम कम्पनीले हङकङमा प्रजातन्त्र समर्थक आन्दोलनमा समर्पित सबैभन्दा लोकप्रिय वेबसाइटहरुमा प्रतिबन्ध लगाएको स्वीकार गरेका छन् ।हङकङको पहिलो इन्टरनेट सेवा प्रदायक संस्था (हङकङ ब्रोडब्यान्ड नेटवर्क) ले प्रजातन्त्र समर्थित मुख्य वेबसाइटहरु प्रतिबन्ध लगाएको स्वीकार गरेको हो ।
बेइजिङको नयाँ सुरक्षा कानुनअन्तर्गत उक्त प्रजातन्त्र समर्थित वेबसाइटहरु बन्द गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) ले हङकङ ब्रोडब्यान्ड नेटवर्क (एचकेबीएन) ले बिहीबार एचकेक्रोनिकल्समा ग्राहकहरूको पहुँच असक्षम गर्न हङकङका अधिकारीहरुले आग्रह गरेको र सोही आग्रहमा प्रतिबन्ध लगाएको जनाएको हो । चीनको नयाँ सुरक्षा कानुनलाई देखाउँदै हङकङका अधिकारीहरुले उक्त वेबसाइठमा भएका लेख, फोटो र भिडियोलगायतका सम्पूर्ण सामग्रीहरुमा प्रतिबन्ध लगाएको हो ।
सहरको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायकले भन्यो, ‘हामीले राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत जारी आवश्यकता अनुरूप वेबसाइटको पहुँच असक्षम गर्यौं ।’ सहरका आइएसपीहरूले वेबसाइटको पहुँच रोक्नको लागि अधिकारीहरूले पहिलो पटक राष्ट्रिय सुरक्षा कानुनको गलत दुरुपयोग गरेको र कानुनको धारा ४३ लाई दुरुपयोग गरेको हो । हङकङका अधिकारीहरुले हङकङको सुरक्षाका लागि विशेष कदम चाल्नुपरेको बताएको छ । सन् २०१९ मा हङकङमा प्रजातन्त्रको पक्षमा चर्को आन्दोलन भएपछि सन् २०२० को जुन अन्तिममा नयाँ सुरक्षा कानुन जारी गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्