
नयाँ दिल्ली । भारत-अमेरिकाले इन्डो-प्यासेफिक क्षेत्रको सुरक्षा प्रबर्द्धन र समृद्धि अभिवृद्धि गर्नु भारत र अमेरिकाको साझा चासो भएको बताएका छन् । भारतीय विदेश मन्त्रालयले भारत र अमेरिका दुई मुलुक मिलेर काम गर्दा क्षेत्रीय र वैश्विक चुनौतीहरुको प्रभावकारी सम्बोधन गर्नमा सकारात्मक प्रभाव पार्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित प्रेस ब्रिफिङमा इन्डो-प्यासिफिक क्षेत्रमा रणनीतिक र सुरक्षाका मामिलामा बढ्दो चासोमा दुई मुलुकहरु संलग्न रहेको र आपसमा सहकार्य गर्ने तयार रहेको बताए ।
‘भारत र अमेरिकाले व्यापक विश्व रणनीतिक साझेदारी गरेका छन् र हाम्रो पर्याप्त द्विपक्षीय एजेन्डा, रणनीतिक र सुरक्षा हितमा हाम्रो बढ्दो संलग्नताका कारण दुबै देशको इन्डो-प्यासिफिक क्षेत्र र बाहिरका क्षेत्रमा सुरक्षा र समृद्धिलाई अभिवृद्धि गर्ने एक ठाउँमा छन् । क्षेत्रीय र विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सँगै काम गर्ने हाम्रो क्षमताले सकारात्मक प्रभाव पार्छ,’ उनले भने । भारत र चीनबीचको तनाव चलिरहेका समयमा ट्रम्प प्रशासनको एक गोप्य रिपोर्ट सार्वजनिक भएको छ । उक्त रिपोर्टमा अमेरिकाले भारतसँग मिलेर एसिया प्रशान्त क्षेत्रमा अघि बढ्दे अमेरिकाको रणनीतिबारे उल्लेख गरिएको छ ।
सन् २०१८ को सुरुवातमा ट्रम्प प्रशासनले १० पृष्ठको एक रिपोर्ट तयार गरेको थियो । यसमा इन्डो-प्यासिफिक क्षेत्रमा पछिल्लो तीन वर्षमा चीन, भारत र उत्तर कोरियासहित अन्य मुलुकका बारेमा अमेरिकाको रणनीतिबारे उल्लेख गरिएको छ । रिपोर्टमा अमेरिकाको विश्वव्यापी सुरक्षा चुनौतीको सामना गर्नका लागि कयौं उपायहरुबारे उल्लेख गरिएको छ । अमेरिकाले चीन आफ्नो लागि चिन्ताको विषय भएको रिपोर्टमा उल्लेख गरेको छ । त्यसैगरि उत्तर कोरिया पनि अमेरिकाको लागि खतरा भएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा भनिएको छ, ‘चीनसँग मुकाबिला गर्नका लागि उदार अर्थव्यवस्था भएको भारतसँग गठजोड गरिनेछ ।’ रिपोर्टमा चीनविरुद्ध लड्का लागि भारतसँग सैन्य, गुप्तचर र राजनीतिक समर्थन बढाउनुपर्ने उल्लेख गरिएको छ । दक्षिण र दक्षिण पूर्वी एसियामा चीनको विस्तार रोक्नका लागि भारतसँग सैन्य सहयोग बढाउने विषय पनि रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको छ, ‘चीनले अमेरिकी गठबन्धन कमजोर बनाउँदै आफैं ठूलो खेलाडीको रुपमा अघि बढिरहेको छ । भारतलाई मजबुत बनाउँदै चीनको शक्तिलाई कम गर्न सकिन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्