
काश्मीर । पाकिस्तानविरुद्ध पाकिस्तान प्रशासित काश्मीरमा बृहत प्रदर्शन गरिएको छ । पाकिस्तान सरकारले गरेको मानवअधिकार उल्लंघन र गलत व्यवहार र कुशासनविरुद्ध पाकिस्तान प्रशासित काश्मीरमा बृहत प्रदर्शन गरिएको हो ।
पाकिस्तान सरकारले एकाएक महँगी बढाएको, भ्रष्टाचार गरेको र नागरिकहरुलाई अनावश्यक पक्राउ गर्ने र आन्दोलन दबाउन खोजेको भन्दै मंगलबार बृहत प्रदर्शन गरिएको हो । गत १ महिनादेखि पाकिस्तानमा सरकारको कुशासनविरुद्ध प्रदर्शन गरेपनि पाकिस्तानी सेना र आईएसआईका प्रतिनिधिहरुले नेतृत्व गरिरहेको सरकारले आन्दोलनलाई दबाउने काम गरिरहेको थियो ।
आफ्ना माग पूरा गर्नुपर्ने भन्दै गरिएका शान्तिपूर्ण आन्दोलनहरु दबाउन खोजेपछि थप आन्दोलनहरु चर्किएका हुन् । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी गर्नुका साथै पुलहरुसमेत भत्काएका छन् । उनीहरुले काश्मीर पाकिस्तानको नभएको र आगामी दिनमा पनि हुन नसक्नेसमेत बताएका छन् । केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा समेत लिएको छ । यसअघि जनवरी १३ मा पनि काश्मीरमा बृहत प्रदर्शन गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्